कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा नेपाल रेडक्रस सोसाइटीद्धारा संचालित सुर्खेत आँखा अस्पताल वि.सं. २०४६ सालमा स्थापना भएको हो । स्थापना पश्चात २०७१ साल देखि थप सेवा विस्तार गरिएको छ । हाल यस अस्पतालले कर्णाली प्रदेशका आँखा रोग विरामीहरुको सेवा दिइरहेको छ । दैनिक वहिरंग सेवामा २०० जना रहेको तथ्यांक अस्पतालका व्यवस्थापक घन वहादुर थापाले जानकारी दिनु भएको छ । कर्णाली प्रदेशको राजधानीमा सुर्खेत आँखा अस्पतालले अतुलनीय सेवा पुर्याइरहेको छ । यस अस्पतालमा थप सेवा विस्तार नभएका कारण वालआँखा रोग सेवा, रेटिनाको विशिष्टिकृत सेवा र जलविन्दु विशिष्टिकृत सेवा लिनका लागि विरामीहरु प्रदेश वहिर जान वाध्य भएका छन । तसर्थ यि सेवाहरु सुर्खेत आँखा अस्पतालवाटै विस्तार गर्न लागि कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग गर्नु पर्ने अति आवश्यक देखिन्छ ।

हाल अस्पतालवाट उपलव्ध सेवाहरु
क) आँखाको विशेषज्ञ सेवास् जनरल ओपीडी, कल्सल्टेन्ट ओपीडी, मोतीविन्दुको अपरेशन, ल्यावको सेवा, फार्मेसी सेवा, अप्टिकल सेवा रहेका छन ।
ख) अपरेशन हातले गर्ने प्रविधि, मेशिनवाट गरिने प्रविधि
ग) ३ जना नेत्र विशेषज्ञहरु
घ) वार्षिक ५० हजार जना ओपीडी, वार्षिक ४५०० जनाको मोतिविन्दु अपरेशन र सामुदायिक सेवा २५ हजार जनाको आँखा जाँच कार्यक्रम भैरहेको छ ।
सुर्खेत आँखा अस्पतालमा थप गर्नु पर्ने सेवाहरु
१. वाल आँखा रोग सेवा
२. रेटिनाको विशिष्टिकृत सेवा
३. जलविन्दु विशिष्टिकृत सेवा

अध्येयता : बसन्त कुमार विश्वकर्मा, आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी ।