म नेपालको वन क्षेत्र बन्यो कि बनेन वा कति बन्यो, कति बिग्रियो भनेर व्यक्तिगत रूपमा भन्न सक्दिनँ तर एक वन बिज्ञान अध्ययन गरिरहेको विद्यार्थीको रूपमा आफुले देखेको, बुझेको  अनि भोगेको कुरा मात्र लेख्दैछु !!

कुनै बेलाको समय यस्तो पनि थियो तर समय अनुसार परिस्थिति बदलिन्छ भन्नू नौलो कुरा भएन – वन विज्ञान अध्ययन संस्थान पोखराबाट ४० जना, हेटौंडाबाट ४०, र KAFCOL बाट ५० जना गरि जम्मा १३० जना विद्यार्थी वार्षिक रुपमा स्नातक उत्तिण भई उत्पादन हुन्थे । एक्कासि पोखरा क्याम्पस, हेटौंडा क्याम्पस ले क्रमशः ४० र ४० बाट ८० जनाको भर्नाको प्रक्रिया अघि बढाउंदा यत्रो जनशक्ति खपत नहुने र वन विज्ञानलाई बेरोजगार जनशक्ति उत्पादन केन्द्र बनाउन खोजेको प्रष्ट देखिन्छ।। यो त त्रिभुवन बिश्वविद्यालयको मात्र आकँडा हो । अहिले त पुर्बाअञ्चल बिश्वविद्याल पनि थप भएको छ यसको डाटा छुट्टै छ।

ठुलाले सानाेलाई पेल्ने थिचाे मिचाे गर्ने संस्कार नौलो हैन तर वनमा अलिकति धेरै भयो कि भन्ने मेरो बुझाइ हो। यसले गर्दा आज वन विज्ञान अध्ययन गर्ने भविस्यका संरक्षणकर्मी माथी असर पर्न गयाे । ठुला भनाउदा हाकिमहरू आफू रिटायर्ड भएर जाने भए पछि अरूकाे करियरकाे नै ख्याल नगरेको देखियो अब याे कुराे उनैले बुझ्लान ,जसले यी संस्थाहरू माथि अन्याय गरे । प्रशासन जस्ता समुहका भने हरेक मन्त्रालय ,विभाग, जिल्ला स्तरिय कार्यालयहरूमा दरवन्दी थप्दै जाने तर वनको भने भएको नि कटौती गर्ने अनि वन क्षेत्रलाई सुदृढ बनाउछु भनेर दिवा सपना देख्ने काम गरियो ।। म पनि एउटा ISC. गरेको विद्यार्थी हो तर अब वन बिज्ञान ISC. गर्न आउने हुने भाइ,बहिनिहरुको भविस्यको चिन्ता लाग्छ मलाई किनभने स्नातक पढेको विद्यार्थी नै बजारमा खपत भैरहेको छैनन यसो मैले भन्दै गर्दा ISC. पढेकोको गन्ती भएन भन्ने कुरा आउँछ अब सुन्नुस पहिले उहीँ पुराना वन बिज्ञान अध्ययन संस्थानले ISC पढाउथे तर पछि त्यो बन्द गरियो र डिप्लोमा इन फरेस्ट्री निजि कलेज Kafcol ले पढाउन सुरु गर्यो र उत्पादन भएका विद्यार्थीले राम्रै अवसर नि प्राप्त गरे अनि अहिले पछिल्लो ३-४ वर्षमा CTEVT ले च्याउ उम्रे जस्तो गरि उमारेको डिप्लोमा कलेजको संख्या ४० भन्दा माथी छ्न जस बाट उत्पादन हुने विद्यार्थीको गणना नै छैन किनभने यहाँ कस्तो देखियो कि उत्पादन बढी चाहिएको जनशक्ति कम!! तितो सत्य नै यहीँ हो। तेसैले पछिल्लो अवस्थामा वनमा आकर्षण घट्दो छ। यो राम्रो संकेत हैन!!

वनको संरचना साघुरो पार्दै जाने,दरबन्दीहरु हटाउदै जाने, भएका दरबन्दी पनि फाजिलमा राख्ने अनि Forestry को क्याम्पस बढाउदै जाने हो भने भावी पुस्ता खतरामा पर्ने देखिन्छ । जनशक्ति उत्पादन हुनु राम्रै कुरा हो तर कति उत्पादन गर्नुपर्ने र कति खपत छ यो कुराको अध्ययन हुनुपर्छ। नेपालको GDP मा यति धेरै योगदान दिने वन क्षेत्र किन सरकारको प्राथमिकता भित्र पर्दैन ?? किन सधै वन क्षेत्र गरिनेछ , हुनेछ , रहनेछ भन्ने जस्ता शब्दहरुमा मात्र सिमित छ?? यसको गहन रुपमा छलफल हुन आवश्यक छ।। यसतर्फ वन क्षेत्र चलाउनेहरुको बेलैमा ध्यान जाओस !!

ध्रुवराज उपाध्याय
दोस्रो बर्षमा अध्ययनरत , वन बिज्ञान अध्ययन संस्थान पोखरा , पोखरा क्याम्पस