सुर्खेत ।
सहकारीको बचत अपचलन, हिनामिना, र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ।

समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिएअनुसार, लामिछानेलाई रकम हिनामिना आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागिएको हो। गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका हिसाबले र एक जना सदस्यका हिसाबले पूर्वगृहमन्त्री समितिको सोधपुछमा हुनुहुन्छ, थापाले भने, यो स्वाभाविक पनि हो।

समितिले कानुन र कार्यविधिअनुसार अनुसन्धान गर्ने बताउँदै सोधपुछका लागि आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताए। सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ,।

लामिछानेमाथि सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ। ती सहकारीबाट उनले करोडौँ रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ।
समितिका एक सदस्यले जानकारी दिएअनुसार, सोधपुछ गर्ने भनिए पनि समय भने तय भइसकेको छैन । लामिछानेलाई सोधपुछका लागि बोलाउने कुरा भएको हो, तर समय निश्चित नहुदाँ सम्भवतः बुधवारको बैठकमा पनि हुनसक्छ। कुराकानी भइरहेको छ ।