सुर्खेत । बारेकोट गाउपालिकाले हिमालय आधारभुत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति र नयाँ प्रधानाध्यापक नियुक्त गरेको छ,। जुन गाउँपालिकाको निर्णयमा भएको हो। यसअघि प्रधानाध्यापक उदयनारायण महतो थिए, जसले उक्त विद्यालयमा १० वर्षभन्दा बढी समयसम्म प्रधानाध्यापकको रूपमा काम गरेका थिए। महतो ले एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा उनको फोन रेकर्ड बाहिरिएको थियो। यो घटना गाउँमा फैलिएपछि उनी केही समय सम्पर्कविहीन भएका थिए। जब उनी सम्पर्कमा रहेनन्, गाउँपालिकाले कार्यपालिका बैठकबाट नयाँ प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो।

पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बविता सिंहका अनुसार,

केही वर्ष यता विद्यालय राम्रोसँग चलिरहेको थियो र कुनै विवाद भएको थिएन। म अध्यक्ष भएको दुई वर्ष पनि नपुग्दै सोत गाउपालिकाले हटाइएको छ। पछिल्लो समय विद्यालयमा केही राजनीतिक दलहरूको गन्ध फैलिन थाल्यो र अन्ततः विद्यालयमा तालाबन्दी गरियो, उनले भनिन्। हालै, २०८१।३।२८ गते, गाउँका केही व्यक्तिहरू राजनीतिक पूर्वाग्रहसहित प्रस्तुत भई राहत शिक्षकको रिक्त पदपूर्ति र खाली शिक्षक पदपूर्तिका लागि किन आजसम्म नियुक्ति गर्न नसकेको भनी विद्यालयमा कुनै सूचना टाँस नगरी तालाबन्दी गरिएको उनले बताइन्। जब हामी विव्यसले त्यस विषयमा छलफल गर्दै थियौं, त्यो घटनाको खुलासा भएको थियो। आफू केही समय घरायसी कामले विद्यालय बाहिर गएको बेला केही घटनाहरू बाहिर आएछन्। त्यस घटनाको छानबिन नहुँदै गाउँपालिकाको शिक्षा शाखाले नयाँ प्रधानाध्यापक नियुक्त गरेको सुनेँ। त्यसपछि मलाई कुनै जानकारी नदिई रातारात कार्यपालिका र गाउँपालिकाले नयाँ विव्यस गठन गर्न लागेको थाहा पाएँ, उनले बताइन्। साथै, तत्काल कार्यपालिकालाई पूर्व विव्यस समितिले नयाँ गठनलाई रोक्न निवेदन पेश गरेको र सो निवेदनलाई बेवास्ता गर्दै नयाँ समिति गठन गरिएको उनले जानकारी गराइन्।

शिक्षा शाखा के भन्छ

शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति विरुद्ध अभिभावकहरूले गत २८ गते तालाबन्दी गरेको जानकारी आयो। र अभिभावकहरूले विव्यसले राहत शिक्षकको रिक्त पदपूर्ति र खाली शिक्षक पदपूर्तिका लागि अहिले सम्म कुनै कार्य नगरेको आरोप लगाएका छन्। साथै, विद्यालयमा पठनपाठनको समस्या उत्पन्न भएपछि यो कदम उठाएको बताएका छन्। र पुर्व विव्यस अध्यक्ष सो बिध्यालयको अबिभाबक नरहेको भएर नयाँलाइ ल्याएको उनको दाबि छ ।

प्रधानाध्यापकको सम्बन्धमा शिक्षा शाखाले उदयनारायण महतोको अडियो काण्ड बाहिर आएपछि उनलाई प्रधानाध्यापकको पदबाट पदमुक्त गराउने निर्णय भएको र तत्काल नयाँ प्रधानाध्यापक नियुक्त गरिएको जानकारी दिएको छ।

कार्यपालिका उपाध्यक्ष नर बहादुर गिरीका अनुसार,

सो विद्यालयको विषयमा न्यायिक समितिमा पनि छलफल भएको थियो। उनले भने, विद्यालयमा केही गलत प्रक्रिया भएको भन्ने कुरा आएको छ, र त्यस विषयमा थप स्पष्टताको लागि स्थानीय वडा सरकारलाई बुझ्न आग्रह गरिएको थियो। तर, अध्यक्षले बताएअनुसार, स्थानीय बासिन्दाले वडा अध्यक्षलाई नै हातपात गरेका छन्, जसका कारण गाउँपालिकामा केही समस्या उत्पन्न भएको छ। अध्यक्ष गिरीले भने, अध्यक्षले सिफारिस गरेको व्यक्तिसँग मेरो सिफारिस गरेको व्यक्ति फरक थियो। अध्यक्ष गिरीले भने कि केही राजनीतिक आस्थावान व्यक्तिहरूले आफ्नो फाइदाका लागि विद्यालयलाई नराम्रो प्रभाव पारेको बुझाइ रहेको छ। यो गलत थियो, र शिक्षा ऐन २०२८ तथा नियमावली ५७ को ५९ मा भएको व्यवस्थाअनुसार मैले सिफारिस गरेको हुँ, उनले स्पष्ट पारे।

स्थानिय पम्फा कुमारी शाहीको धारणा स्थानिय पम्फा कुमारी शाहीले विद्यालयमा भएको घटनाले अभिभावकहरू मात्र नभई सम्पूर्ण विद्यार्थीलाई पनि असर पारेको बताइन् हामीलाई नयाँ विद्यालय व्यवस्थापन समिति विव्यस र नयाँ प्रधानाध्यापकको विषयमा कुनै छानबिन हुन्छ कि भन्ने लागेको छ, उनले भनिन्।उनका अनुसार, स्थानीयहरूले सहि बोले पनि गलत धारणा बनाइदिने र त्यसले उल्टै बोल्नै नदिने स्थिति छ। मेरो एउटा बच्चा सोही विद्यालयमा पढिरहेको छ, तर मलाई बोल्ने अधिकार छैन भनी राजनीतिक स्तरबाट दबाब दिने गरिएको छ, शाहीले बताइन्।

उनले शिक्षक, गाउँपालिका, र न्यायपालिका सबैले विद्यालयलाई राजनीतिक विषयको रूपमा मात्र हेर्न खोजेको आरोप लगाउँदै, सकेसम्म छिटो छानबिन हुनु पर्ने आवश्यकता औंल्याइन्।