गाउपालिका अध्यक्ष कोरोना संक्रमित,गाउपालिका सिल
अध्यक्ष केसी लाई कोरोना देखिएपछि सुर्खेतको सिम्ता गाउँपालिका एक साताका लागि सिल
२५ भदौ ,सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका सिल गरिएको छ।अध्यक्ष केसी लाई कोरोना संक्रमीत देखीए संगै गाउपालिका १ साता को लागि सिल गरिएको छ ।
अध्यक्ष केसीसँगै उनका गाडी चालकलाई पनि कोरोना संक्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश कुमार चन्दले जानकारी दिए।बुधबार आएको पिसिआर रिपोर्ट अनुसार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना समुदायमा फैलन नदिन गाउँपालिकाभित्रका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, पसललगायत बन्द गरिएको चन्दले बताए।कोरोना संक्रमित अध्यक्ष केसी र उनका चालक बागेश्वरी माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसनमा बसिरहेका छन्।
सूचना अधिकारी चन्दका अनुसार अध्यक्षसँग सम्पर्कमा आएका जनप्रतिनिधि, कर्मचारी गरी ४२ जना होम क्वारेन्टाइनमा छन्।
उनीहरूको स्वाब लिइसकिएको र अध्यक्ष केसीसँगै उनका चालकको सम्पर्कमा पुगेको अरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको चन्दले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्