बालिका बलात्कारीलाई फाँसी दिनुपर्छ : तिर्थ सुनार
सुर्खेत । बझाङ जिल्ला मष्टा गाउँपालिका–२, खिकालामा १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको भन्दै कर्णालीका युवा नेता, समाजसेवी तथा दलित अधिकारकर्मी तिर्थ सुनारले बलत्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कालिकोट–सुर्खत सेवा समाजले गरेको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै बलात्कारीलाई फाँसीको माग गरेका हुन् ।
सम्झना एउटा उदाहरण मात्र भए पनि सिंगो दलित समुदायका महिला बलात्कृत हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सुनारले दोषीलाई कडाभन्दा कडा कारबाहीसहित फाँसीको सजाय हुनुपर्ने बताए । ‘पीडित परिवारलाई उचित न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’ उनले भने,‘अहिले सिंगो दलित समुदायमाथि आक्रमण भइरहेको छ ।’
सम्झनाको असोज ७ गते बलात्कारपछि बर्बरतापूर्वक हत्या गरिएको थियो । यस्ताखालका अमानवीय अपराधमा संलग्नलाई राजनीतिक संरक्षण नगरि कानुनअनुसार सजाय दिलाउनु पर्ने सुनारको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्