३१ महिना २९ दिनपछि प्रदेशले पायो लुम्बिनी नाम, भालुवाङ राजधानी
बुटवल । प्रदेश–५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित भएको छ। मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित ८३ जना सांसदमध्ये ७९ जनाले प्रस्तावको पक्षमा र चार जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले लुम्बिनी नामको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
यसअघि आजै भएको मतदानमा प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको थियो ।
योसँगै प्रदेशले ३१ महिना २९ दिनपछि स्थायी राजधानी र नाम पाएको छ ।
प्रतिक्रिया दिनुहोस्