सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज यमलाल कँडेलले बिभिन्न संचारमा माध्यममा आएको समचारमा ध्यानाअर्षण भएको बताएका छन् । कँडेलले बिभिन्न संचार माध्यममा ‘खरिद मुल्यभन्दा मर्मत खर्च बढी’ समचार भन्ने समचार आएकोमा ध्यानाआर्षण भएको जनाएका हुन् ।
सामाजिक संजाल फेसबुकमा नेता कँडेलले गाडी मर्मत गर्ने तथा बिमाको प्रक्रिया अगाडी बढाउने काम प्रदेश सभा सचिवालय भएको जनाएका हुन् । ‘गाडी मर्मत गर्ने तथा बिमाको प्रक्रिया अगाडी बढाउने काम प्रदेश सभा सचिवालयको हो भन्ने कुरा थाहा हुँदाहुदै पनि समचार आएको छ ।’ उनले लेखेको छन् ‘अनलाईनमा मेरो तस्बिर राखि ब्यक्तिगत लान्छना लगाउने गरि समाचार सम्प्रेषित भएकोमा मेरो गम्भीर ध्यानआकर्षण भएको छ ।’
प्रदेश सभा सचिवालयको जिम्मामा रहेको गाडी मर्मत खर्च गर्ने काम भएकोमा मैले नै गरे जस्तो गरेर समचार आएको नेता कँडेलले लेखेको छन् । ‘मैले नै मर्मत सम्भार गरी बिल पेश गरेको जस्तो गरि समाचार सम्प्रेशित गरिएको छ जुन तथ्यमा आधारित छैन ।’ उनले भनेका छन् ‘सत्य तथ्यमा आधारित समचार सम्प्रेषण गर्न सबैमा अनुरोध गर्दछु ।’