युवाहरु देशका मेरुदण्ड हुन : मन्त्री बुढा
सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सामाजिक विकासमन्त्री दलबहादुर रावललाई लुम्बिनी प्रदेशको राजधानी दाङ्गका युवाहरुले स्वागत तथा अभिनन्दन गरेका छन् । नेकपा नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको श्रीमतिको शोक व्यक्त गर्न दाङ्ग पुगेका मन्त्रीद्वय बुढा र रावललाई स्वागत तथा अभिनन्दन गरेका गरेका हुन् । युवाले गरेको अभिनन्दनपछि बोल्दै मन्त्री बुढाले आजका युवाहरु देश विकासको मेरुदण्ड भएको, कुनै पनि देशको विकास निर्माणमा युवा वर्गको अग्रणी रहेको र युवा क्रान्ति र परिवर्तनका संवाहक रहेको बताए । ‘विश्व राजनीतिक इतिहासमा धेरै त्यस्ता महापुरुषहरुले समाजको विकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेका छन् ।’ उनले भने,‘युवाहरुले न्याय र मुक्तिका लागि जीवनभर अध्ययन र संघर्षमा अभिप्रेरित भइ आजका युवाहरुले समाजका विकृति विसंगतिका विरुद्ध लड्न आवश्यक रहेको छ ।’ देश बनाउने श्रम र शक्ति युवाहरुसँग भएपनि राज्यले उपेक्षा गर्न नसक्ने र युवाहरुले उचित अवसर दिन अहिलेको सरकार लागि रहेको मन्त्री बुढाले बताए । ‘देश सम्मृद्ध हुन नसक्नुका पछाडी युवाहरु प्राथामिकतमा नपर्नु हो’, उनले भने ‘अहिलेको सरकारले युवा पुस्तालाई अघि बढाउन चाहेकोले युवालाई प्रोत्साहन नै गर्न लागेको छ ।’ नेपालको अर्थतन्त्रको विकासका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको सामाजिक विकास मन्त्री दल रावलले बताए । 50
प्रतिक्रिया दिनुहोस्