हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प
असार २८ गते, २०८० १३:१० मा प्रकाशित
सुर्खेत । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो ।पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
Post Views: 190
प्रतिक्रिया दिनुहोस्