सुर्खेत । नेपाली बजारमा लगातार सुनको भाउ तेस्रो दिन पनि घटेको छ।

गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।

सुनचाँदी व्यवसायी संघ सुर्खेतका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।