दिपेन्द्र शर्मा सुर्खेत ।

 जाजरकोट नलगाड नगरपालिकाले ३ वर्षसम्म पनि नगर एम्बुलेन्स दर्ता गरेको छैन । सो एम्बुलेन्स दर्ता नगर्दा चालकलाई बाटोमा समस्या आउने गरेको चालक बताउँछन् । नगर एम्बुलेन्स नलगाडमा सञ्चालनमा आएको ३ वर्ष बितेको छ भने अहिलेसम्ममा रातो नम्बर प्लेटमा रहेको छ ।

र साथै बिलबुक बिमा पनि छैन तर नगरपालिकालाई भने कर उठाउनै ठिक्क छ । नगर प्रमुख बताउँछन् यसको बारेमा आफूलाई केही जानकार नभएको बताए । यता नगर अस्पताल भने सेवा शुल्क कर सबै नगरले उठाउँछ यसको बारेमा नगरलाई थाहा हुनुपर्छ । र एम्बुलेन्स कागजात पनि को सँग छ भन्ने थाहा नभएको नगर अस्पतालले बताएको छ । नलगाड बाट एक जना बिरामीको नेपालगञ्ज जाने आउने शुल्क भने २० हजार बढि लिने गरेको पाएको छ ।