सुर्खेत । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् ।

.
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी आज विश्वासको मत लिन लागेको जानकारी प्राप्त भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् ।
प्रदेश सभा बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। मुख्यमन्त्री सोडारीले बुधबार विश्वासको मत लिनको लागि पत्र पठाएका थिए।
सोडारीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्र समर्थन छ।


विश्वासको मत प्राप्त गर्न न्यूनतम २७ सांसदको समर्थन आवश्यक छ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद रहेका छन्, जसमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका २ सांसद छन ।
मुख्यमन्त्री सोडारीले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी पनि उनीनिकट सांसदहरू बताउँछन्। यो बीचमा उनले चार पटक मन्त्रिमण्डल हेरफेर गरेका थिए।