सुर्खेत । नेपाली काँग्रेस संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

काँग्रेस संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले चार मन्त्रीको नाम मुख्यमन्त्री कँडेललाई दिएका हुन्। सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाको नाम टुङ्गो लागेको हो ।

केन्द्रमा काँग्रेस –एमाले गठबन्धन बनेपछि कर्णाली प्रदेशमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको हो। आठ सदस्यीय प्रदेश मन्त्रिपरिषद्‌मा एमालेबाट एक मुख्यमन्त्री तथा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन्।