धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले अवरुद्ध भएको सडक पुनः सुचारु गरिएको छ। शनिबार र आइतबार गरि ३५ वटा शव निकालिएपछि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पहिरोले पुरिएका सवारी साधन हटाएर सडक खुलाएको हो।

योसँगै काठमाडौँ -मुग्लिङ सडक खण्ड पुनः सञ्चालनमा आएको छ। प्रहरीका अनुसार, हाल पहिरोका कारण सडक अवरुद्ध नरहेको छ र यातायात सहज भइरहेको छ।पहिरोमा पुरिएका सवारी साधनहरूमा बुटवलबाट काठमाडौँ तर्फ जाँदै गरेको विंगर (लु १ ज ४५७८), चितवनबाट काठमाडौँ तर्फ जाँदै गरेको हायस  (बा ३ ख १३४५), गोरखाबाट काठमाडौं तर्फ जाँदै गरेको बस (ना ४ ख २२७०) र बस (बा १ प १३८८) थिए।

ती सवारी साधनसँगै पहिरोमा पुरिएका शवहरू पनि उद्धार गरिएको हो।शव तथा सवारी साधन निकाल्ने कार्य अझै जारी रहेको र चापलाई ध्यानमा राख्दै शनिबार बिहानदेखि सुरूङ मार्ग मार्फत सवारी साधनलाई काठमाडौँ पठाइएको जनाइएको छ।