आठबिसकोट नगरपालिका वडा नं १३ मा एक पुरुषको शव फेला परेको छ। बुधवार बिहान भेरी नदीको किनारामा भल्मा क्षेत्र नजिकै मृत अवस्थामा एक पुरुष फेला परेको स्थानीयले जानकारी गराएका छन्।

मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धान जारी रहेको र मृतकको पहिचान तथा घटनाको कारण खुल्न केही समय लाग्ने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले बताउनुभएको छ।

थप विवरण आउन बाँकी रहेको जनाइएको छ।