जाजरकोट, – नलगाड नगरपालिकामा आयोजित मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बिरेन्द्र हिमालय मावि तल्लुले हात पारेको छ। अनेरास्ववियु (क्रान्तिकारी) द्वारा सोमबार आयोजित प्रतियोगितामा बिरेन्द्र हिमालय मावि तल्लुका अजय विष्ट, आकाश मल्ल र मेलिना डाँगीको टोलीले प्रथम स्थान हासिल गर्दै १० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका हुन्।

अनेरास्ववियु (क्रान्तिकारी) नलगाडका इन्चार्ज रविन्द्र खड्काका अनुसार प्रतियोगितामा सुर्यदय मावि कैनाले द्धितीय स्थान हासिल गर्‍यो। मनिसा रावल, विपिन शाही र कपिल विक सम्मिलित टोलीलाई ७ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

यस्तै, त्रिभुवन मावि दल्लीका शान्ता गौतम, विपन सम्शेर रावल र सञ्जिव केसी सम्मिलित टोलीले तृतीय स्थान प्राप्त गरे। तृतीय स्थान हासिल गर्ने टोलीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

स्वान्तोना पुरस्कार तपोभूमि मावि ध्यारगाउँलाई प्रदान गरिएको थियो। प्रिङका रावत, पूर्णिमा ध्यार र भगवति ध्यार सम्मिलित टोलीले ३ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ।

प्रतियोगितामा नलगाड नगरपालिकाका नौ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए।