वीरेन्द्रनगर वडा नम्बर ३ मा डिआरएस स्पोर्ट हबको उद्घाटन

सुर्खेत | कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ मा डिआरएस स्पोर्ट हब सञ्चालन भएको छ। बिहिबार बिहान ८ बजे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले यस हबको उद्घाटन गरेका हुन्। यस हबमा फुटसल, स्नोकर क्याफे आदी खेलकुद सुविधा उपलब्ध छन्।यो स्पोर्ट हब तीनजनाको संयुक्त लगानीमा स्थापना भएको हो, जसमा हिमाल गुरुङ, आयुष थापा र केशव थापा समावेश छन्। लगभग ३ कट्ठा जग्गामा निर्माण भएको यो हबले क्षेत्रीय खेलकुद विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सञ्चालकहरूले यस हबले दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलाडीहरूको प्रदर्शनमा वृद्धि गर्ने र जतिखेर पनि खेल खेल्न सकिने वातावरण तयार गरेको बताएका छन्।मुख्यमन्त्री यमलाल कँडेलले उद्घाटन अवसरमा कर्णाली प्रदेशमा खेलाडीहरूका लागि यो सुविधा निकै महत्त्वपूर्ण रहेको बताउँदै खेलाडीहरूलाई प्रोत्साहन गर्नुभएको थियो। उनले सञ्चालकहरूलाई बधाई दिँदै यसले खेलकुद क्षेत्रमा राम्रो सुरुवात गरेकोमा प्रशंसा व्यक्त गरे।





प्रतिक्रिया दिनुहोस्