विद्यार्थी आन्दोलन केवल तत्कालीन मागहरूको विषय मात्र होइन, यो भविष्यको मार्गचित्र पनि हो। म, रविन्द्र खड्का, अखिल क्रान्तिकारीको एक प्रतिबद्ध कार्यकर्ता र विद्यार्थी नेता, दिनहुँ संघर्षको मैदानमा उभिँदा एउटा सपना देख्छु— जहाँ शिक्षा व्यापार होइन, अधिकार हुन्छ।

मेरो सपनाको शिक्षा व्यवस्था

म यस्तो नेपाल देख्न चाहन्छु, जहाँ विद्यार्थीले महँगो शुल्क तिर्नु नपरोस्, गुणस्तरीय शिक्षा सबैका लागि समान होस्। विश्वविद्यालयहरूमा राजनीति होइन, शैक्षिक क्रान्ति होस्। गरीब किसानका छोरा छोरी पनि डॉक्टर, इन्जिनियर, वैज्ञानिक बन्न सकून्।

तर, आजको वास्तविकता के छ, भन्दा शिक्षालाई व्यापारिक घरानाले कब्जा गरेका छन्। निजी कलेजहरूले चर्को शुल्क असुलिरहेका छन्, सरकारी शिक्षण संस्थाहरू उपेक्षित छन्। विद्यार्थीहरू कर्जाको भारी बोक्दै विदेश पलायन हुन बाध्य छन्।

विद्यार्थी जागरणको आवश्यकता

म सपना देख्छु जहाँ विद्यार्थीहरू केवल डिग्रीको पछि होइन, ज्ञान, सीप, र समाज रूपान्तरणको अभियानमा अघि बढून्। सत्य, न्याय र समानताको पक्षमा उभिएर शिक्षालाई सुधार्न विद्यार्थी स्वयं नै जागरूक बनून्।

हाम्रो आन्दोलन केवल नारामा सीमित छैन, यो समाज परिवर्तनको जग हो। जबसम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म हामी संघर्षरत रहनेछौं।

आज, अखिल क्रान्तिकारी जस्तो संगठनले नेतृत्व नगरेको भए, विद्यार्थीहरूका आवाज हराएर जान्थे। हामी निष्पक्ष, वैज्ञानिक, र आत्मनिर्भर शिक्षा प्रणालीका लागि लडिरहेका छौं।

मेरो सपना केवल कल्पना होइन, यो एक प्रतिबद्धता हो। विद्यार्थीहरूको मुक्तिको यात्रामा म सँधै अगाडि रहनेछु। यदि तपाईं पनि न्यायपूर्ण र वैज्ञानिक शिक्षाका पक्षधर हुनुहुन्छ भने, विद्यार्थी आन्दोलनलाई बलियो बनाउन हामी सबै हातेमालो गरौँ।