
सुर्खेत, असार १— कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो।
आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कर्णाली प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच अन्तिम घडीसम्म पनि सहमति जुट्न नसक्दा बजेट असार १ गतेको अन्तिम मिनेट मा मात्र सार्वजनिक गरिएको हो।
बजेट विनियोजन विवरण अनुसार,
पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार,
चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ,
कानुन अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यताले गर्दा दलहरूबीच सहमति नजुट्दा पनि अन्ततः मध्यराति बजेट ल्याउनुपरेको हो।
दिनभर दलहरूबीच चलिरहेको राजनीतिक खिचातानी र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूद्वारा बजेट बहिष्कारको चेतावनीका कारण बजेट प्रस्तुत हुने–नहुने विषयमा अन्योल देखिएको थियो।
तर अन्ततः कानुनी बाध्यता पालना गर्न प्रदेश सरकारले समयसीमाभित्रै बजेट सार्वजनिक गरेको हो।
प्रतिक्रिया दिनुहोस्