
वीरेन्द्रनगर नगरपालिकाले र प्रदेश सरकारले सुर्खेतकाे मुटुमा रहेको बुलबुलेको विकासका केही सकारात्मक कामहरू गरिरहेको छ । जसको लागि उ धन्यवादको पात्र रहेको छ । यस विषयमा डा. नवराज केसी बालरोग विशेषज्ञ बताउनुहुन्छ ।
हामीलाई लागेको तिन वटा केही सुझाबहरू यस्ता रहेका छन्
बुलबुले विकासमा हामीलाई लागेको जो अनिवार्य रुपमा विकासमा समेटिनु पर्छ भन्ने सुझाबहरू यक भिडियोमा भन्नुहुन्छ ।
पहिलो नम्बर जुन बुलबुलेको मूल पुरानो ताल हो जुन बाहिरबाट हेर्दा सानो देखिने यो ताल हो यसको पश्चिम पट्टीको र उत्तर पट्टीको जुन पर्खाल छ यो पर्खाल सिसाको हुनुपर्छ । हो तपाई सही सुन्दै हुनुहुन्छ पहिला प्रविधि थिएन त्यस कारण बनेन तर अहिले प्रविधि छ बनाउन सकिन्छ । त्यसैले यो सिसाको हुनुपर्छ । एक पटक सोच्नुहोस् त यो सुन्दर पार्कको बिचमा एकोरीयम जस्तो ताल रहेको छ । र यो तालको एउटा विशेषता के छ भने यहाँ आउने जमिन मुनिबाट यहाँ निस्कने पानी छ त्यो बुल बुल बुल गरेर सतहमा आउँछ । यो पानी धर्ती भित्रको माथिल्लो सतहबाट आएको होइन् यो धर्तीको गहिरो सेकेन्डरी Aquifer बाट बडो प्रेसराईड भएर बाहिर निस्केको हो । त्यसले यस क्षेत्रमा धर्ती भित्र पानीको सतह कति छ र प्रेसर कति छ भन्ने कुरा पनि देखाउँछ अनि सिसा लगाइयो भने पानीको जुन फोका छ पानीबाट निस्कने बुल बुल बुल गरेर यो देखिन्छ र सगँसगै माछाहरू पनि राख्न सकिन्छ । । यो माछाहरू राख्न सकियो भने बडो मनोरञ्जनात्मक हुनेछ ।

‘बुलबुले’ बिकासको उत्कृष्ट मोडेल
सुझाब नम्बर २ तपाई बुलबुले छिरीहाल्नु भयो भने त्यसको दाया र बायाँ पट्टी ठूला घाँसे मैदान देख्नुहुन्छ । बुलबुले आफैमा सिमसार क्षेत्र हो Wetland को रैथाने वनस्पति मध्ये सबैभन्दा महत्वपूर्ण रैथाने घाँसेमैदान हो यहाँ रहेको घाँस हो । यो घाँसको महत्व के हुन्छ भने यो घाँस धर्तीको सतहभन्दा बाहिर उसको शरिर जति छ त्यो भन्दा लामो उसको जरा हुन्छ त्यो लामो जराले त्यस भित्र माटोसँग पानीलाई सोसेर लामो समयसम्म अड्काएर राख्छ ।
अब यसको विकास गर्ने क्रममा अहिले यही घाँसे मैदानमा कुरा नबुझेर धेरै वृक्षारोपण भएका छन् र त्यसमा पनि यि घाँसलाई मार्ने बिरुवाहरू लगाइएको छ जस्तै की गुलमोहर जस्ता बिरुवाहरू केही समयमै यस्तो खालको घाँसे मैदान बिगारियो यस क्षेत्रलाई अतिक्रमण गरियो । अब बिस्तारै यहाँको माटो बिग्रिने छ र यहाँ भित्रको पानी सुक्ने छ । त्यसैले यो क्षेत्र जुन घाँसे मैदान छ यसलाई घाँसेमैदान कै रुपमा विकास गरिनुपर्छ र यहाँ लगाइएका बिरुवाहरू हटाउनुपर्छ ।

सुझाब नम्बर ३ अहिले विश्वव्यापी रुपमा वायु प्रदुषण बढ्दै गएपछि ठूला ठूला शहरहरूले कृत्रिम सिमसार क्षेत्र आर्टिफिसिएल Wetland हरु बनाइरहेका छन् । हेर्नुस् त हामी कति भाग्यमानी छौ ‚ हाम्रो त सहरको बिच भागमा आफै प्राकृतिक Wetland रहेको छ । Wetland ले के गर्छ कसरी बायु प्रदुषण घटाउँछ त यो बडो रोचक छ ‚वीरेन्द्रनगर सुर्खेत भ्याली भित्र हामीहरूले दुई वा तिन वटा सिमसार क्षेत्र बनाउन सकियो भने यो Wetland सिमसार क्षेत्रले के गर्छ भने जो वायुमा भएको Corbon Dioxide हुन्छ । यो Corbon Dioxide लाई यहाँ भएको वनस्पतिले घाँस लेउ लगायतका जतिपनि वनस्पतिका Wetland हरू हुन्छ त्यसले त्यो Corbon Dioxide लाई सोस्छ ।

र जमिनमा मल बनाएर धर्ति भित्र लगिदिन्छ । यसरी Corbon Dioxide को लेबल एकदमै घटाउनमा Wetland हरूले मदत गर्छ । त्यसैले बुलबुलेमा अहिले जुन बोटिङ. चलिरहेको छ त्यसलाई कायम राख्दै मनोरञ्जन जैविक विविधता शिक्षा बालबालिकाहरु आएर यहाँ प्रयाबरण सम्बन्धि अध्यन गर्न सक्ने र मानिसहरु मनोरञ्जन पार्कको लागि मनोरञ्जन गर्ने थलोको रुपमा विकास गर्नलाई बडो ध्यान दिएर वीरेन्द्रनगरले मात्र नभई प्रदेश सरकारले ध्यान दिन जरुरी छ । र सघँ सरकारले पनि ठुलो लगानि गर्न जरुरी छ ठुलो सोच बनाएर ठुलो अध्यन गरायर यसको विकास गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्