बाँके/ ओन अर्थ ओन लभ बाँके र युथ अफ काेहलपुरले आज बलात्कार बिरुद्ध सचेतना तथा खबरदारी कार्यक्रम सम्पन्न गरेकाे छ ।

ओन अर्थ ओन लभ बाँकेका संयाेजक सराेजराज शाहिकाे नेतृत्वमा बाँकेकाे काेहलपुर चाैराहा देखि बजार परिक्रमा गरेर न्युराेड चाेकमा काेणसभा सम्पन्न गरेकाे छ ।

Image

कार्यक्रमा रोम जलिरहेछ निरो मुरली बजाएर बसे जस्तै बलात्कार जस्ता घटना घटिरहेको छ, हाम्रो सरकार कानमा तेल हालेर बसिरहेको छ, सुतेको सरकार लाई ब्युझाउन सचेतना र खबदारि कार्यक्रम गरिएको शाहिले बताएका छन् ।

Image

कार्यक्रममा ह्युमेनिटि एण्ड डेभलभमेन्ट, स्वतन्त्र राष्ट्रिय अभियानका सदस्यहरु लगायत भरत शाही, अलिस्मा छेत्री, समीर थापा, प्रबिन बिस्ट लगाएत युवाहरुको बाक्लो सहभागिता रहेको र आगामि दिनमा युवाहरुले यस्तै सचेतना कार्यक्रम गरिने कुरा अभियन्ता कृतिका आचार्यले बताएकी छिन् ।

Image