सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती (बिष्ट) ले दशै खर्च (भत्ता) बापत पाएको ५० हजार रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने भएकी छन् । कर्णाली प्रदेशसभाले दशै खर्च स्वरुप उपलब्ध गराएको रकम सामाजिक सेवामा खर्च गर्ने जनाएकी छन् ।
जनप्रतिनिधिहरुले दशै भत्ता लिएकोमा आलोचना भैरहेको बेला उपसभामुख बिष्टले पाएको ५० हजार दशैं खर्चमध्ये १५ हजार रुपैयाँ मानव सेवा आश्रम सुर्खेत, १५ हजार, प्रशान्ति बृद्धाश्रम सुर्खेत, १० हजार पूर्ब जनमुक्ति सेनाका कमाण्डर हाल दुवै मृगौला फेल भई काठमाडौंमा उपचाररत रहेका कालिकोट नरहरिनाथ गाउँपालिका–९ का नरेन्द्र बोहोरा(अभियान)लाई बताइन् ।
साथै जाजरकोट दुर्घटनामा घाइते भएका पत्रकार महासंघका पूर्ब सचिब प्रभात चलाउनेलाई १० हजार हस्तान्तरण गर्ने उपसभामुख बिष्टले बताइन् । ‘यो महामारीका बेला दशैं भत्ता लिनु हुदैन्थ्यौं ।’ उनले भनिन्,‘आएको रकम मानव सेवामा खर्च गरेकी छु ।’