२४ असोज,सुर्खेत ।
निजि तथा सस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन जिल्ला कार्यसमिति सुर्खेत र सस्थागत विद्यालय शिक्षक युनियन को संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेत मा विरोध प्रदर्शन भएको छ।निजि तथा सस्थागत विद्यालय शिक्षक कर्मचारी युनियनले शिक्षक हरुको गएको चैत सम्मको तलब को माग गर्दै विरोध प्रदर्सन जनाएको छ।

यस अघि भदौ २९ गते भएको बिरेन्द्रनगर पालिकामा भएको सहमति बमोजिम असोज १ गते संचालकहरुले असोज १२ गते सम्म गत चैत महिना सम्मको सम्पुर्ण तलब भुक्तानी गरिदिनु भनी दिएको निर्देशन लाई कार्यनयन गर्न निजि विद्यालयका संचालकहरुले अटेरी गरेपछि पुन संबंधित निकायलाई स्मरण पत्र बुझाउदा पनि कुनै वास्ता नहुदा विरोध प्रदर्शन भएको र सुर्खेत बाटै शैक्षिक क्रान्ति सुरु भएको संस्था का अध्यक्ष अर्जुन बुढा ले जानकारी दिए ।

बिरेन्द्रनगर मा सयुक्त रूपमा गरिएको विरोध प्रदर्शन दिउँसो २ बजे एरिचोकमा पत्रकार सम्मेलन गरेर सुरु भएको थियो।शैक्षिक माफिया होसियार ,शैक्षिक श्रम शोषण बन्द गर,न्युनतम पारिश्रमिक कार्यनयन गर लगायतका नाराबाजी सहित बोर्डिङ स्कुलमा अध्यापनरत शिक्षकहरु सडक संघर्षमा उत्रिएका थिए।राज्य र सस्थापकहरुले हाम्रा मागहरु प्रति वास्ता नगरे पछि बाध्य भएर सडकमा निस्किनुपरेको कुरा कोण सभामा बोल्दै प्याब्स्यू सुर्खेतका अध्यक्ष बुढा ले बताउनु भएको छ ।यस्तै इष्टु सुर्खेतका अध्यक्ष ले श्रम एन ले तोकेबमोजिम को सेवासुबिधा को ग्यारेन्टी गरिनुपर्ने माग गर्नुभएको थियो।

बिरोध प्रदर्शन एरिचोक देखि सुरु भइ मंगलगडि चौक हुँदै वीरेन्द्रचोक मा पुगेर कोण सभा गर्दै सम्पन्न भएको थियो।