छोटो अवधिमा उत्कृष्ट नतिजा, बीसीए पढ्न बाहिर जान नपर्ने:साहारा क्याम्पस
छोटो अवधिमा उत्कृष्ट नतिजा, बीसीए पढ्न बाहिर जान नपर्ने
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा त्रिभुवन विश्वविद्यालयको बीसीए, बीआईएम र बीबीएस कार्यक्रम सञ्चालन गर्दै आएको साहारा क्याम्पसले छोटो अवधिमा धेरै सफलता प्रप्त गरेको छ । कर्णाली प्रदेशमै पहिलो पटक बीसीए, बीआईएम र बीबीएस कार्यक्रम सञ्चालन गरेको यस क्याम्पले उत्कृष्ठ नतिजा प्राप्त गर्दै आफुलाई कर्णालीकै अब्बल सावित गरेको छ ।
क्याम्पस उत्कृष्टताका आधार अनेकन हुन सक्छन् । तर त्यसमा क्याम्पसको परीक्षाफल एउटा प्रमुख आधार हो । स्थापना भएको सात वर्षमा औसत ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु सामान्य उपलब्धि होइन । यो नै साहाराको स्तर छुट्याउने एउटा मापदण्ड हो ।
छोटोे अवधिमा उत्कृष्ट नतिजा ल्याइरहेको साहारा अहिले कर्णालीकै अब्बल कहलिएको छ । क्याम्पसले शैक्षिक वर्ष २०६९÷०७० देखि ४ बर्षे बीबीएस कार्यक्रम सुरु गरेको थियो । पहिलो शैक्षिक सत्रमा १७ जना मात्रै विद्यार्थी भर्ना भएको यस क्याम्पसमा हाल चार सय ७६ जना विद्यार्थी अध्ययनरत छन् । भने आगामी वर्षदेखि त्रिभुवन विश्वविद्यालयको बीबीए, बीआईटी, एमएलए, बीएससी, सीएसआईटी, बीएलए र एमबीएस जस्ता कार्यक्रम सञ्चालन गर्ने क्याम्पसले योजना बनाएको छ cWoIf s]z/ axfb’/ /f]sfon] atfpg’ eof] ।
शिक्षकको मेहेनत, विद्यार्थीको लगनशीलता, कलेज प्रशासनको उचित व्यवस्थापन र वातावरणले नै निरन्तर उत्कृष्ट बन्न सफल भएको क्याम्पस प्रमुख छविलाल आचार्यले बताए । क्याम्पसको लक्ष्य नै गुणस्तरीय विद्यार्थी उत्पादन गर्नु रहेको उनको भनाइ छ ।
‘यहाँबाट उत्पादित जनशक्ति बेरोजगार छैनन्,’ प्रमुख आचार्यले भने, ‘हाम्रा विद्यार्थीले पढ्दा–पढ्दै कम्पनी, बैक तथा बित्तिय संस्थामा धमाधम नाम निकालि रहेका छन् ।’ उनका अनुसार सहाराबाट निस्किएका विद्यार्थीमध्ये अधिकांशले रोजगारी पाइसकेका छन् । स्थापनाकालदेखि अध्यापन गरिरहेका अनुभवी र दक्ष जनशक्तिबाट कक्षा सञ्चालन हुने हुँदा निरन्तर अब्बल नतिजा आउने गरेको उनको दावी छ ।
व्यवस्थापन संकायबाट अध्यापन सुरु गरेको साहाराले समय, आवश्यकता र विद्यार्थीको माग अनुसार कर्णालीमै पहिलो पटक बीसीए (बाचलर इन कम्प्युटर एप्लिकेशन) सञ्चालन गरिएको हो । साहारालाई कर्णाली प्रदेशमै आईटी क्याम्पसको रुपमा विकास गर्न आगामी वर्षदेखि सीएसआइटी सञ्चालन गर्ने तयारी गरिरहेको क्याम्पस प्रमुख आचार्यले बताए । हालसम्मको नतिजाले आफूहरुलाई थप उत्साहीत बनाएको उनको भनाइ छ ।
पहिलो पटक बीसीए अध्यापन
साहारा क्याम्पसले कर्णालीमै पहिलो पटक बीसीए अध्यापन सुरु गरेको हो । नेपालमा वैज्ञानिक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता हो । यसलाई मध्यनजर गरेर बीसीए कोर्स बनाइएको हो । बीसीएमा कम्प्युटरको एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ । कम्प्युटर (हार्डवेयर) भएर मात्र हुँदैन । त्यसलाई चलाउन विभिन्न एप्लिकेसन आवश्यक पर्छ । कम्प्युटरलाई सरल र सहज रूपमा चलाउन एप्लिकेसन आवश्यक पर्छ । बीसीएले त्यो एप्लिकेसन बनाउन आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ । यो चार वर्षे कोर्ष हो । यसमा आठ वटा सेमेस्टर हुन्छन् । बीसीए आईटी सम्बन्धी कोर्ष भए पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी संकायमा समावेश गरेको छ । अन्य विश्वविद्यालयले साइन्स एन्ड टेक्नोलोजी संकायमा समावेश गरेका छन् ।
कसले र किन पढ्ने ?
११ र १२ मा जुनसुकै विषय पढेकाले, प्लस टुमा जीपीए २.० वा दोस्रो श्रेणीमा उत्तीर्ण भएकोले, विश्वविद्यालयले लिने ‘इन्ट्रान्स परीक्षामा ४० प्रतिशत ल्याएका विद्यर्थाीले बिसीए पढ्न पाउँछन् । भने नयाँ एप्लिकेसन बनाउन र आईटीबारे अनुसन्धान गर्न बिसीए पढ्न आवश्यक छ ।
अवसर र सम्भावना
बीसीए अध्ययनपछि आइटी उद्योग (सरकारी र निजी), एप्लिकेसन डेभलपमेन्ट कम्पनी, मोबाइल एप्लिकेसन, ई–कमर्स, आइटी रिसर्च, वेब डिजाइन, बैंक, टेलिकम र नेटवर्क जस्ता संघसंस्थामा काम गर्ने अवसर पाइन्छ । एप्लिकेसन बनाउने, आईटी अफिसर, नयाँ प्रविधिबारे अनुसन्धान गर्ने, ग्राफिक्स डिजाइन र एनिमेसन गर्ने जस्ता प्रसस्त सम्भावना रहेका काम पाइन्छ ।
यो आईटी सम्बन्धी कोर्ष भएकाले कम्तीमा तीन महिना कुनै पनि आईटी कम्पनीमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ । त्यसपछि प्रोजेक्ट वर्क अनिवार्य बनाउनुपर्छ । एप्लिकेशन कसरी निर्माण गर्ने भन्ने बारेमा इन्टर्नशीप गर्दा सिक्न सकिन्छ । कम्पनीले इन्टर्नशीपमा राम्रो गर्ने विद्यार्थीलाई रोजगार दिन सक्छ । नेपालमै आइटी कम्पनीमा काम गर्दा सुरुवातमा कम्तीमा मासिक ५० हजारसम्म कमाउन सकिन्छ । पछि आफ्नो अनुभव र क्षमताका आधारमा तलब बढ्दै जान्छ । धेरै विद्यार्थीको गन्तव्य विदेश हुन्छ । मास्टर्स गर्न पनि विद्यार्थी विदेश जाने गरेका छन् । बीसीए पढेका नेपाली विद्यार्थी पढ्न, काम गर्न र नयाँ एप्लिकेसनको अनुसन्धान गर्न युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशमा पुग्छन् ।
पढ्नुपर्ने विषय र खर्च
कम्प्युटर एप्लिकेसन, म्याथमेटिक्स, वेब टेक्नोलोजी, कम्प्युटर नेटवर्किङ, ग्राफिक्स एन्ड एनिमेसन, साइबर कानून, सी प्रोग्राम र मोबाइल प्रोग्रामिङ विषय अध्ययन गर्नुपर्दछ । यो कोर्ष पढ्न कम्तीमा चार देखि आठ लाखसम्म खर्च लाग्छ । तर, सरकारी र निजी क्याम्पसमा शुल्क फरक–फरक हुन्छ । क्याम्पसले दिने सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरिएको हुन्छ ।
बीसीए पढ्ने विद्यार्थीहरुका लागि विश्वविद्यालयले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । तर, यति विद्यार्थीलाई नै निःशुल्क पढाउनुपर्ने भन्ने व्यवस्था नभएकाले क्याम्पसले आफ्नो क्षमता अनुसार छात्रवृत्ति दिने गरेका छन् । ३५ जनाको मात्र कोटा भएका क्याम्पसले विद्यार्थीको आर्थिक अवस्था हेरेर छात्रवृत्ति दिने गरेका छन् । अन्य संघ–संस्थाले पनि छात्रवृत्ति दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्