सुर्खेत। डाक्टर सोजन सापकोटा २०७७ साल भाद्र महिनामा काजको रूपमा मेहेलकुना अस्पतालमा कार्यरत भए। उनकेा दरबन्दी भने प्रदेश अस्पताल सुर्खेतमै थियो, तर पनि उनले मेहेलकुना अस्पतालमा सेवा प्रदान गर्न आएर हप्ताकेा तीन दिन काम गर्न थाल्ने निर्णय गरे।उनले अस्पतालमा अपरेसन सेवाको सुरुवातको लागि काम गर्दै २०७७ साल कार्तिक महिनामा सामाजिक विकास मन्त्री दल बहादुर रावल द्वारा उक्त सेवाको उद्‌घाटन गराएका थिए। सापकोटाले मेडिकल अफिसर, स्टाफ नर्स, एनेस्थेसिया असिस्टेन्ट, ल्याब कर्मचारी, र कार्यालय सहयोगीलाई आवश्यक तालिम प्रदान गरेर अस्पतालको सेवा स्तरमा सुधार ल्याएका थिए ।परिवार स्वास्थ्य महाशाखाबाट गर्भवती महिलाको अपरेसन सम्बन्धी अनुमति प्राप्त भएपछि, डाक्टर रण बहादुर बोगटी एमडीजीपी, डा, सन्तोष यादव एमडीजीपी, र एएसबीए तालिम प्राप्त अन्य मेडिकल अफिसरहरूको टोलीले गर्भवती महिलाको अपरेसन, हर्निया, एपेन्डिसाइटिस, र गाँठागुठी जस्ता अपरेसनहरू सुरु गरे।२०७९ साल माघ महिनादेखि अस्पतालमा एमडीजीपी डाक्टरहरूको अभाव हुन थालेपछी कानूनी बाध्यताका कारण, एमडीजीपी डाक्टर वा विशेषज्ञको उपस्थितिबिना ठूलो अपरेसन गर्न नसकिने भएकाले अपरेसन सेवा रोकियो। २०८० साल चैत्र महिनामा एमडीजीपी डाक्टर आए पनि पारिवारिक कारणले केही दिनमै जानुपर्‍यो।२०८१ साल जेठ १ गते डा। भास्कर झा अस्पतालमा आएर अपरेसन सेवा पुनः सुरु गर्न प्रयास गरेका थिए। तर, जेठ १२ गतेको घटनाले सेवा फेरि रोकियो । डाक्टर सापकोटा र उनको टोलीले निरन्तर प्रयास जारी राखे अन्ततः अपरेसन सेवा पुनः सुरु गर्न सफल भएको छ।

डाक्टर सोजन सापकोटा मेरो सरुवा गलत, छ मेरो विज्ञता अनुसारको काम दिन आग्रह गर्दछु,

डाक्टर सोजन सापकोटा, जो मेहेलकुना अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्ट जेनेरल सर्जनको रूपमा कार्यरत छन्,। आफ्नो हालको सरुवा प्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। म हाल मेहेलकुना अस्पतालको कार्यालय प्रमुखको रूपमा कार्यरत छु। तर, मेरो सरुवा मानव संसाधन विकास केन्द्रमा गरिएको छ, जहाँ वरिष्ठ कन्सल्ट्यान्ट जेनेरल सर्जनको दरबन्दी छैन, र मैले गर्नु पर्ने उपयुक्त काम पनि छैन, उनले भने।मेरो विज्ञता अनुसार काम गर्ने ठाउँ भनेको या त प्रदेश अस्पताल सुर्खेत हो, या मेहेलकुना अस्पताल, मेरो विज्ञता अनुसार, ठूला अपरेसनहरू गर्ने जिम्मेवारी मलाई दिइनु पर्छ, जसले सरकार र बिरामीहरूलाई फाइदा पुर्‍याउँछ।

मेहेलकुना अस्पतालमा बितेका ४ वर्षमा धेरै सुधार ल्याउन सफल भएको उल्लेख गर्दै, उनले भने, यहाँ बसेर सानो र मझौला खालका अपरेसन गर्दा र अस्पतालको व्यवस्थापन सम्हाल्दा बिरामीलाई धेरै राहत मिलेको थियो । उनले प्रदेश अस्पतालमा पनि विशेषज्ञ सेवा विस्तार गर्ने सोच राखेका थिए।तर, आफ्नो सरुवा भएका ठाउँमा उनको सीप खेर जाने खतरा रहेको बताएका छन् । सरुवा बदर हुनु नै उचित हुन्छ, र सरकारलाई मेरो यो सरुवा बदर गर्दा राम्रो हुने सुझाब दिन चाहन्छु।

राजनीतिक विश्लेषक चिन्तामणी शर्मा डाक्टर सोजन सापकोटाको सरुवाप्रति असन्तुष्टि,

राजनीतिक विश्लेषक चिन्तामणी शर्माका अनुसार, सुर्खेत स्थायी घर भएका, अन्याय र अत्याचार विरुद्ध उभिने, दमदार व्यक्तित्वका धनी डाक्टर सोजन सापकोटालाई प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले मेहेलकुना अस्पतालबाट हटाएर वीरेन्द्रनगरको प्रयोगशालामा सरुवा गरेको छ।

उनले भने, डाक्टर सोजन सापकोटा एक स्थायी डाक्टरका रूपमा १९ वर्ष सेवा गरिसकेका छन् र प्रदेश अस्पतालको निर्देशक बन्ने योग्यता भएका व्यक्तित्व हुन्। तर, उनलाई अन्यायपूर्ण तरिकाले विशेषज्ञता नमिल्ने ठाउँमा थन्काइएको छ। यस्तो निर्णयको विरुद्धमा बोल्ने साहस गर्ने सबैलाई म यस अन्यायको विरोधमा ऐक्यबद्धता जाहेर गर्न र खम्बा झैँ उभिन आह्वान गर्दछु।

सामाजिक अभियन्ता रबि किरण हमाल बताउँछन,

पूर्वी सुर्खेतको सबैभन्दा ठूलो स्वास्थ्य संस्था मेहेलकुना अस्पताललाई धराशायी हुनबाट रोक्नु सबैको कर्तव्य भएको बताएका छन्। हाम्रो अस्पताललाई हानी पुग्दा, जिम्मेवार बासिन्दाको हैसियतले आवाज उठाउनु मेरो धर्म हो, हमालले भने।

उनका अनुसार, सरकारी अस्पताललाई ध्वस्त पारेर निजी मेडिकल चलाउने र जनतालाई चर्को शुल्क तिर्न बाध्य पार्ने सोच स्वीकार्य छैन । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वीकृत गरेझैँ, सरकारी अस्पतालमा करिब ९ हजार आवश्यक जनशक्ति अभावको अवस्थामा, मेहेलकुना अस्पतालमा कार्यरत सर्जन डाक्टर सोजन सापकोटालाई मानव संसाधनमा थन्क्याएर राख्नु न्यायसङ्गत होइन । हमालले अस्पताल जस्तो संवेदनशील ठाउँमा हुने राजनीति, तोडफोड, र स्वास्थ्यकर्मी माथि हुने हातपातलाई घृणित कार्यको संज्ञा दिएका छन्। वर्षौं भयो, अस्पतालको भवन निर्माण अलपत्र परेको, स्वास्थ्य सामग्री र उपकरणको अभाव छ, तर कसैको ध्यान त्यतातिर गएको छैन , उनले उल्लेख गरे।

हमालले मन्त्रीको भूमिकामा प्रश्न उठाउँदै भने, मन्त्री भनेको पार्टीको हो कि साझा मन्त्री सबैथोक हो भने पनि मनपरी गर्न पाइँदैन। उनले सुर्खेतका जनतालाई यस्ता गलत कामका विरुद्ध लड्न र सशक्त प्रतिवाद गर्न आह्वान गरेका छन्।