२२,भदौ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत को वीरेन्द्रनगर मा रहेका विभिन्न पर्यटन स्थल जानमा राेक लगाएकाे छ ।वीरेन्द्रनगर नगरपालिकाले जिराे ड्याम,गढी पदमार्ग ,धार्मिक स्थल र पर्यटकीय क्षेत्र मा जान रोक लगाएको हो ।वीरेन्द्रनगर उपत्यकामा काेराेना संक्रमतिकाे संख्या बढेपछि स्थानीय काेराेना तथा नियन्त्रण समन्वय समितिकाे बैठकले अाईतबार यस्तो निर्णय गरेकाे हाे ।

वीरेन्द्रनगरकाे जिरो ड्याम, पदमार्ग लगायतका स्थानमा प्रवेश गर्न पूर्ण रूपमा राेक लगाउने र नगरपालिकाले गरेको निर्णय अनुसार टाेलटाेलामा निगरानी समूह गठन गर्ने, भीडभाड हुने कार्यालयमा नियमित रूपमा अनुगन टाेली खटाउने र प्रचारप्रसारका लागि माईकिङ्ग गर्ने कार्यलाई तिव्रता दिई रहेको र संक्रमित व्यक्तिकाे घर वा टाेलमा अावश्यकता अनुसार अावातजावत बन्द गरेर सील गर्ने निर्णय समेत भएको नगरपालिकाका उप-प्रमुख माेहनमाया ढकालले जानकारी दिईन् ।

आइतबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, सुर्खेेेत उद्योग बाणिज्य संघ, च्याम्बर अफ कमर्स लगायतका पदाधिकारीको उपस्थिति रहेको थियोे ।