३० भदौ, काठमाडौं ।
लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यातायात १ गते बाट सुचारु भएपनि ,बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने र व्यवसायीले पुरानो भाडादरमा ५० प्रतिशत सम्म बढाएर लिन सक्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले जानकारी दिए ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने उनले बताए।