सुर्खेत।
अहिलेकाे सांसारिक जिवनमा आफैले निर्वाह गर्दै गरेकाे एउटा सास्वत यथार्थ कहानी !!

अचानक काेराेना ढाेका ढक्ढकाउन आयाे | ढाेका खाेल्ने पालाे आफ्नै परेछ ! काेराेनाले `निहाउ´भन्याे मैले पनि हाई गरिदियँ ।संसारैभरी घुमेर आएकाे नबाेलाएकै पाहुना न हाे डाक्नु किन पर्थ्याे र !

काेराेना लाई मैले साेधें ! काेराेना तिमि आएकाे कसरि थाह पाउने एकै छिनमा हाछ्युँ आयाे मैले साेचें काेराेनाले साथी बनाई सकेछ । अलि अली जाेराे आयाे हतार हतार मेरा अनन्य मित्र डा. ऋषिराम काेईराला लाई फाेन गरें जाे नेपालकाे आयुर्वेद क्षत्रकाे नाम चलेकाे अनुसन्धाता पनि हुनुहुन्छ । वहाँले बडाे सरल भाषामा भन्नुभाे नआत्तिनुहै हजुर ? यसकाे आैषधी मनाेवल हाे तर एकपटक टेष्ट गराईहालाैं कन्फर्म हुन लाई ! घरमा एकछिन माैनता छायाे अघिल्लाे साँझ सम्म मेराे हृदयकाे स्पन्दन नाती आदित्य संग खेलेकाे परिवार संग संगै खानपिन गरेकाे विहान उठ्दा हल्का जाेराे !

परिवारका सबै लाई म भन्दा टाढा रहन आग्रह गरें |छाेराले पत्याउनै सकेन कारण घरमा पस्दा देखि हरेक सामान ल्याउँदा समेत पूर्ण निर्मलिकरण गर्ने विधी उसैले अवलम्वन गरेकाे कसरि हुन्छ भन्न थाले ? तथापी मनमनै गुने लापरवाही आफ्नै थियाे मर्निङ वाक जाने पत्रिका किनेर ल्याउने मनपरेकाे फलफुल देखेपछि किनिहाल्ने र पैसा लेनदेन गर्ने । जाे काेराेना घरमा आउने बलीयाे आधार भएकाे मैले साेचें । जे भएपनि टेष्ट गराैं भनेर डा.काेईरालाकाे सल्लाह अनुसार हेम्स हस्पिटल आफै गाडी चलाएर गैयाे । त्यहा लामै लाईन रहेछ चिनेकाे एकजना डाक्टरले अलिक सहज गराइदिए तर मैले साेचें अरुपनि म जस्तै हतारमा न हाेलान् ! लाईनमा बसें एकछिनमा पालाे आयाे हस्पिटलले ताेकेकाे ४४०० नगद तिरेर स्वाव दिने काम भयाे ।घरफर्केर केहि आफुलेसेवन गरिराखेका र केहि डा. काेईरालाले उपलब्ध गराएका आैषधि सेवन गरेर केहिल केहि आश्चर्य र केहि जिम्मेवारिका कुरा मनमा खेलिराखे । काेठाकाे ढाेकामा एउटा टेवल राखियाे र आवश्यक आैषधी खाना नास्ता सबै मेराे लागि निर्धारण गरिएका प्लेट कचाैरा आदिमा लिने र अाफैले सरसफाई गर्ने कडा नियम बसालियाे र याे निरन्तर रहने छ निकाे नहुंदा सम्म ।

हस्पिटल का कर्मचारी ले परिवार लाई अन्तिम विदाई गरेर जानुहाेला भने : यस्तै असमन्जसका बिच हिजै अपरान्ह एउटा ल्याण्ड लाईन बाट फाेन आयाे र मेराे नाम सेधियाे ! मैले बतायँ ! उता बाट जवाफ आयाे , ल हजुर डराउनु पर्दैन तर सावधानी पूर्वक परिवार बाट टाढा भएर बस्नु पर्ने भाे ! यति भनेपछि कुरा बुझ्नुभयाे हाेला म हेम्स हस्पिटल बाट काेराेना टेष्ट ईकाई बाट बाेल्दै छु । हल्का हतासता छायाे र मैले साेधें के म पाेजेटिभ भयँ ? साथै अब मैले उपचार गर्न के गर्नु पर्ला ?

उता बाट जवाफ आयाे अब २४ घण्टा भित्र तपाईं लाई टेकु हस्पिटल बाट फाेन आउँछ तपाई सरकारकाे विरामी हुनुभयाे । त्यसपछि यम्वुलेन्स आउँछ र लिएर जान्छ पहुंच पुगेमा केहि सहज ठाउँमा राखिन्छ नभए सरकारले निर्धारण गरेकाे जुनसुकै ठाउँमा बस्नु पर्छ परिवार लाई अन्तिम विदाई गरेर जानुहाेला ! म आधा मरें ! सुनेकाे र देखेकाे छु काेराेना क्वारेन्टिनमा पानी खान नपाएर मानिसले जिवन गुमाएकाे ! केवल झारा टार्न गरिएकाे व्यवस्थामा म कसरि बाँच्न सकुंला मनमा प्रश्नहरु उर्लेर आए ! फेरी साेधे तपाईहरुकाेमा के व्यवस्था छ ? उता बाट जवाफ आयाे आफ्नै खर्चमा उपचार गराउन चाहने भए स्वागत छ । अलिकती मन शान्त हुंदै थियाे फेरि जवाफ आयाे घर फर्किंदा सम्म ४ देखि पाँच लाख लाग्ला केहिगरि क्रिटिकल हुनुभयाे भने भेन्टिलेटर यूज गरेपछि त्याे खर्च दाेब्बर हुन्छ यदि आउन चाहुभयाे भने याे नंवरमा फलानाे म्याम संग सम्पर्क गरेर आउनुहाेला जतिखेर पनि स्वागत छ भनेर फाेन काटियाे । साेचें किन नहाेस ? मेराे देशमा प्राईभेट हस्पिटलहरुले कति लाई दुहुनु गाई बनाएकाछन् अब मेराे पालाे आयाे । म छाँगा बाट खसें र एकैचाेटी पानी खान नपाएर मरेका दाजुभाई लाई सम्झिन थालें । गह्रै बेचेर पनि मेराे छाेराले त मेराे खर्च पुरा गर्ला तर म जस्तै राेगी तर निमुखा दाजुभाईकाे के हालत हाेला ?

त्यत्तिकैमा डा.काेईरालाकाे फाेन आयाे हजुर लाई कस्ताे छ ? म निकै तनाव र असमन्जसमा थियँ । वहाँले भन्नुभाे चिन्ता नलगम हजुर लाई जतिखेर ईमर्जेन्सि पर्छ म फाेन पाउँ तत्काल हस्पिटल पुगाउन मैले प्रवन्ध गराएकाे छु । जाेराे १०० पुगेछ भने एउटा सिटामाेल खाईदिहालाैं । हवस भन्दै मन लाई केहि शान्त पार्दै वहाँले भनेअनुसार गरें । स्वदेश विदेश जताततै बाट फाेनमाथि फाेन आउन थाल्याे नातागाेता ईष्ट मित्र साथिभाई सबैकाेमा कति छिटाे कुरा पुगेछ आश्चर्य लाग्याे । सबैकाे एउटै भनाई थियाे नआत्तिनु ताताेपानी खानु गुर्जाेकाे रस खानु बाफ लिनु काेठा बाट न निक्लिनु भाडाकुडा अलग गर्नु कसै लाई नछुनु एकान्त बास गर्नु मनपरेकाे संगीत सुन्नु सके नाच्नु अफ्ठाराेनै भए हस्पिटल जानु ।

कस्ताे विडम्वना जिवन रहुन्जेल साथनिभाउने र मरेपछिपनि अर्काेजुनि संगै रहने कसम खाएर सात फन्काे जग्गे घुमेकि अर्धाङ्गिनी आँखाभरी आँसु लिएर टाढै बाट टुलु टुलु हेरि राछिन ! घरमा जन्मेकाे दिन उल्लाष संग खुसि मनाएकाे बुढेसकालकाे सहारा छाेरा अनुप र घरमा परिआएकाे सबैमा सुखदु:ख बाँड्न भित्र्याएकाे बुहारी ,मुटुकाे स्पन्दनकाे रुपमा रहेकाे १० महिनाकाे नाती सबै मन भारी बनाएर टाढा बाट हेरिराखेका छन् ।घरमा सहयाेग गर्न विगत दसकाै देखि छाेरीकाे रुपमा रहेकि गीता आँसु पुछ्दै छ । छाेरीहरु काेहि अमेरिका बाट बहिनीले लण्डन र दिज्यूहरुले चिन्तायूक्त साेधनि गरिराखेका छन् मानाै मेराे अन्तीम संस्कार भैराखेकाे छ र सबै दु:खिछन् साथ साथै आफ्नै आत्माले आफ्नै संस्कार हेरिराखेकाे छ ।म कहाँछु खाेज्नुपर्ने अवस्था बन्याे ।
अध्यात्ममा विस्वास गर्ने र केहि पिताजी र परपिताजिका उपदेशहरु मनन् गरेकाे साथै केहि अध्ययन गरेका कारण सबै लाई शान्त हुन भन्दै काेठा भित्र फर्कें र लामाेनिस्वास फेर्दै आत्मबल बढाउने प्रयास गरें । मनमा भएका सम्पूर्ण आवेग उद्वेग तथा जिवनका सम्पूर्ण कर्महरु लाई सुक्ष्म केलायँ र अठाेट गरें जिवन तत्कालै गुमाउनु पर्दैन हाेला यदि जानै परेछ भने के फरक पर्छ ? संसारमा रहेका अरवाैं मनिस के सबै सधैं बाँचिरहनेहुन् र ?
त्यतिगर्दै दाजु घनश्याम गिरीकाे फाेन आयाे वहाँले सान्ताेना दिंदै एउटा नम्वर पठाईदिनुभाे र तत्काल फाेन गर्न भन्नुभाे !मैले त्यसै गरें उता बाट जवाफ आयाे हजुर म डा. विपी नतिमिल्सिना हजुर न आत्तिनु भाेलि विहान ९ बजे क्लिनिकमा आउनु हजुरकाे काेराेना चटक गरेर भगाई दिन्छु म आश्चर्यमा परें ! र साेधें किन डाक्टर अहिलेनै भेट्न केहुन्छ म आत्तएकाेदेखेर उनले हजुर अहिले आउन सक्नुहुन्छ भने ? मैले भने ! सक्छु । त्यसाेभए आउनु तर अलि छिटाे रातिकाे ९ वजिसक्याे म पर्खेर बस्छु ! हवस भन्दै म आफै गाडि चलाएर वसुन्धरा बाट सिनामंगल पुग्न २० मिनेट लाग्याे त्यतिखेर मेराे जिउ निकै तातेकाे थियाे तर उपचार पाउने आसमा पर्वाह गरिन । त्यहाँ पुग्दा उनि छेरा र कामगर्ने परिवारकै मानिस र एकजना छिमेकि संग गफ गरिरखेका रहेछन । म लाई भित्र क्लिनिकमा बाेलाए म गयँ तर उनि न मास्क न पन्जा न कुनै सावधानी मसंग कुरा गर्न थाले ! मैले साेधें किन डाक्टर ? तपाईले सावधानी किन न अप्नाउनुभाकाे ? मेराे प्रश्न सुनेर उनि हाँसे र भने म हरेकदिन कर ५०० बिरामी हेर्छु अहिले आउने सबै काेभिडका विरामी छन कति संग बच्ने हजुर आर्काे कुरा याे केहि समश्यानै हैन मैलेकरिव १५ हजार मानिस लाई निकाे पारिसकें र म उपचार गरेर निकाे पार्छु भनेर सरकार लाई पनि भनिसकें तर कसैले सुनेन तपाई लाई विस्वास लाग्याे आउनुभाे ! अब मेराे आैषधी सकेर ४ दिनमा टेष्ट गर्नु नेगेटिभ भएन भने म लाई भन्नु भनेर फार्मेषीकाे मानिस लाई आैषधि दिन लगाएर उनि हिंडे यसाे हेरेकाे रातकाे दश बज्दै रहेछ । मैले पनि सबै परिवार लाई पुग्ने गरि आैषधि लिएर घर फर्कें । रातिनैबाट सेवन गरियाे ।

सुत्न लाग्दा ११ बजेकाे थियाे जाेराे नापेकाे १०२ रहेछ दिनभरिकाे तनाव अनि दाैडधुप ।सुत्ने वेलामा एउटा सिटामाेल खाएर सुतेकाे तर मनमा रहेका अनगिन्ती कुराहरुले भैली खेल्न थाले । देशकाे अवस्था देखि आफ्नाे अवस्था सम्म फनफनी नाच्न थाल्याे । पटक्कै निद लागेन वल्टाे र पल्टाे गर्दा गर्दै रात वित्याे विहानिपख निद आएछ सधैझैं ५ बजे आखा खुले यसाे आफैलाई छामे ठिकै लाग्याे जिउ केहि हल्का महसुस भयाे यसाे डिग्रि राखेकाे ९९° जाराे रहेछ । लामाे स्वास लिन मन लाग्याे उठेर नित्यकर्म सकि आैषधी सेवन सुरुभाे । हाम्राे जिवनकाे सहाराकाे रुपमा रहेकी परिचारिकाले अंकल आैषधी ल्याईसकें भनेर नख गरिन करिव ९ बजे सम्म बुढाबुढी टाढा टाढा बाट हेराहेर गर्दै आैषधी लिने काम सकेर हल्का व्यायाम प्रणायाम आदि पछि नास्ता थाप्न थाल्याै पहिले पहिले नछुने भएकाे बखत अलगै खानेकुरा दिने चलन झैं लाग्याे ।

साथिहरु कुरा निकै लामाे भयाे साथिभाई लाई मन नपर्न सक्छ तर जिवनकाे यथार्त पस्किन मन लाग्याे । समय पनि विताउनु छ।
निचाेडमा पुग्दा ! पहिले भन्ने गरिन्थ्याे जुनकुरा अहिले पनि चरितार्थ छ र अध्यात्मले भन्छ संसार एक मायाँ जाल हाे यसमा जति फस्याे उतिनै डुविन्छ जन्मदा एक्लै जन्मियाे मर्दा पनि एक्लै हाे जुनकुरा काेरानाले सिकाईराखेकाे छ।
आखिर चाहिने केवल खान सुत्न र केहि उपचार अरु सब बेकार !

जतिनै ठूलाे पद प्रतिष्ठा र प्रगति भए पनि त्याे लाेक कल्याणका लागि लागाेस ता कि अशक्त असहाय र निमुखाले कल्पेर मर्नु नपराेस । एकदिन जानुछ छिटाे र ढिलाे मात्र हाे भन्ने मनले अठाेट गर्याे ।

मित्रहरु , याे महामारी बाट काेहि बच्ने वाला छैन निश्चिन्त भए हुन्छ तर यसले कसैलाई मार्दैन मार्ने परिस्थिती, विपन्नता,लापरवाही र मनाेगत त्रास बाट हाे । जाे संसारमा व्याप्त गरिएकाे छ । सरकारले सबै लाई निश्चिन्त पार्न सक्नु पर्छ र मनाेगत हिसाव ले ७५% मानिस मर्न बाट बचाउनु पर्छ भन्ने निष्कर्षमा पुगेकाे छु । यसदाैरान आत्मबल प्रदान गर्ने परिवार नातागाेता साथिभाई र सहयाेगि सबैकाे ऋणि छु ।विशेष गरि डा. काेईराला जाे अहिले पनि फाेन गरेर अवस्था बुझि राख्नु भएकाेछ वहाँ र डा. तिमिल्सिना जसले आत्मबल सहितकाे उपचार गरिराख्नु भएकाे छ वहाँहरु प्रति आभारी छु । टेकु हस्पिटल बाट भर्खरै फाेन आयाे मेराे अवस्था बारे साेधियाे र घरमै बस्नुहाेला भन्ने खबर पाईयाे । हल्का जाेराे आएकै छ त्यसैले मैले साेधें सरकारले गर्ने उपचार के छ ? अप्ठाराे भएमा फाेन गर्नु भनेर नम्वर दिएकाे छ ।

सतर्क रहाैं विश्वस्त रहाैं केहिगरी लागिहालेमा विल्कुल नडराउँ काेराेना हाम्राे साथी भैसके छ ! कसै लाई साथीले नभेटाेस शुभकामना । जसरि जिवन चक्र चलिरहेछ कहिं न कहिं साथी भेटिन्छ त्यतिखेर मन बलियाे बनारए स्वागत गराैं र आत्मबल र आफ्नै जडिबुटि द्वारा विदागराैं जसरी मजस्ता लाखाैंले गरे र म पनि गर्दै छु भेटियाेभने भनाैं काेराेना `निहाउ´ !

लेख : मुकुन्दश्याम गिरी को फेसबुक वाल बाट