सुर्खेत, ८ असोज । भारत झारखण्ड राज्य राँची जिल्लाका धर्मेन्द्र दास, उनको श्रीमति देवी परियार र भारत गुजरातका कालु यादव नेपाल हुने मेला महोत्सवमा आवश्यक पर्ने समानको जडानको काम गर्छन् ।
गत फागुन सुर्खेतको महोत्सवमा आएका उनीलाई लकडाउनका कारणले सुर्खेत वीरेन्द्रनगरको खुल्ला मंचमा नै रोक्यो ।
फागुनको अन्तिमसम्म लागेको महोत्सवमा चैत्र ११ गतेदेखि कोरोना भाइरसका कारणले नेपालमा लकडाउन भयो । लकडाउनका कारणले महोत्सवमा आवश्यक पर्ने रोटेपिङ्, बालबालिका खेलौना, चर्केपिङ र सर्कसका सामानहरु भारत गुजरातका सोची खानले दासलाई सामान हेर्नु भनेर खुल्लामंचमा नै छाडेँ ।
देश पुरै लकडाउन भएका कारणले शौचालय पानीको व्यवस्था नभएको खुल्लामंन्चमा दासले श्रीमति, डेढ बर्षको छोरा, र भारत गुजरातका कालु यादव अहिले वीरेन्द्रनगरको खुल्लामंचमा महोत्सवका आवश्यक पर्ने सामान कुरेर बसिरहेका छन् ।
साहुले सामान कुर्न भनेर राखेको लकडाउनका कारणले साहु आउन नसकेका कारणले उनीहरु समस्यामा परेका हुन् ।
नवलपरासी बर्दघाटकी देवी परियारसँग विवाह गरेका दासले दासले लकडाउन नहुनुभन्दा अगाडी तिन जनालाई साहु खानले १० हजार रुपैयाँ छोडेर गएको जानकारी दिए ।
सात महिना लामो लकडाउनका कारणले आफुहरु निकै समस्यामा परेको दासले बताए । ‘नेपालमा लकडाउन भयो ।’ उनले भने,‘त्यही दश हजारले सात महिना जीवन पाल्यौं ।’
सात महिनासम्म निकै कष्टका साथ बसेको दासकी श्रीमति देवी परियारले बताइन् । ‘सानो बच्चाका साथ खुल्ला चौरकमा बस्नु परेको छ ।’ उनले भनिन्,‘बच्चा बिरामी हुँदा उपचार समेत हुन सकेन् ।’
खुल्ला चौरमा खानेपानी, शौचालयसमेत नभएको बेला लकडाउन भएर आफुहरुले खाना खानेकुराको समस्या भागेको देवीले बताइन् । ‘१० हजार रुपैयाँ पनि सकियो । खाद्यान्न पसले उधारो दिन समेत छाडेँ ।’ उनले भनिन्,‘यहाँ मजदुरी गर्दा कसैले साग दिए कसैले एक दुई किलो चामल दिएर ज्यान बचायौं ।’
अहिले लकडाउन खुल्ला भएकाले श्रीमान र कालु यादवले दिनमा मजदुरी गर्ने गरेको त्यसैबाट आएको कमाई अहिले पालिने गरेको देवीले बताइन् । ‘अहिले लकडाउन खुलेको छ ।’ उनले भनिन्, ‘अब साहु आएमा आफ्नो घरमा नै फिर्ता हुने सोचेका छौं ।’
लकडाउनमा बेला भोकै बस्दा वीरेन्द्रनगर नगरपालिकासँग राहत माग्न गएको आफुहरुलाई नगरपालिकाको स्थायी बासिन्दा भएमात्र राहत दिने नगरपालिकाले बताएका कारणले केही दिन भोकै बसेको परियारले जानकारी दिइन् । ‘स्थायी बासिन्दा नहुँदा पहिला राहत दिएनन् ।’ उनले भनिन्,‘पछि नगरपालिकामा गएर रोइकराई गर्दा राहत २५ किलो राहत पायौं । त्यसैले केही दिन खानलाई पुग्यो ।’
लकडाउन भएका कारणले अहिले महोत्सवहरु लाग्न छाडेको महोत्सवको काम नहुँदा समस्यामा परेको परियारले जानकारी दिइन् । ‘महोत्सवमा काम गर्दा केही पैसा कमाई हुन्थ्यो ।’ उनले भनिन्,‘त्यसको ५० प्रतिशत महोत्सव आयोजना गर्ने साहुहरुलाई दिनुपथ्र्यो ।’
अहिले मजदुरी गरेर दाल, चामल ल्याउने गरेको भारत गुजरातका कालु यादवले बताए । ‘काम गरेवापत कसैले दाल चामल दिने गरेका छन् ।’ उनले भने,‘फागुनदेखि नै नेपालमा बस्दा निकै समस्या भयो । कोरोनाभन्दा भोकले मरिने चिन्ता भएका कारणले अहिले मजदुरीको काम गर्छौं ।’
भारतबाट साहुले फोन गरेर सामान लिन आउँछु भनेको चाडै नै आफ्नो गाउँमा फर्किने आसा रहेको उनीहरुले बताए ।