सुर्खेत, १० असोज । कर्णाली प्रदेशमा पछिल्ला २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्ला २४ घण्टामा कोरोना पुष्टि भएकामध्ये सुर्खेतका ३६ जना, सल्यानका ६ जना, दैलेखका ३ जना र अन्य प्रदेशका ३ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए ।
योसँगै कर्णालीमा कोरोना संक्रमित संख्या ३३६४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण निको भई डिस्चार्ज भएको र डिस्चार्ज हुनेको संख्या २८१० पुगेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले जानकारी दिए ।
डिस्चार्ज हुने १५ जनामध्ये प्रदेश अस्पताल सुर्खेतबाट ४ जना, गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट २ जना र वीरेन्द्रनगर होम आइसोलेसन रहेका ९ जना रहेको अधिकृत कंडेलले जानकारी दिए ।
कर्णालीमा हालसम्म ७३,१९२ जना नागरिकको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।