सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ राजी बस्तीमा होमस्टे संचालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे संचालनमा आएको हो । सुर्खेतमा रहेका राजी समुदाय अल्पसंख्यक जाती रहेको यो जातीमा रहनसहन भेषभुषा र संस्कृति फरक रहेका कारणले पर्यटक प्रर्बद्धन गर्नका लागि होमस्टे संचालनमा ल्याएको होमस्टे संचालक सुस्मिता राजीले बताइन् ।

‘प्रदेश सरकारको सहयोगमा होमस्टे संचालनमा आएको छ ।’ उनले भनिन्,‘फरक संस्कृति भएको र फरक पहिचान बोकेको राजी समुदायको संस्कृती, खानपान बिषयमा जानकारी दिने उद्देश्यले होमस्टे संचालनमा ल्याएका छौं ।’राजी समुदायको भेषभुषा र मौलिकता समुदायले पुख्र्यौलीदेखि गर्दै आएको पेशालाई परिस्कृत गर्ने र उनीहरुलाई पेशागत दक्षतामा जोड्ने उद्येश्यले समुदायलाई  र¥यापटीङ बोट, लाइभ जाकेट एबं ब्याट हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वाताबरणमन्त्री नन्दसिंह बुढाले बताए । 

राजी सुमदाय फरक पहिचान बोकेको समुदाय भएका कारणले उनीको फरक पहिचान झल्काउनका लागि होमस्टे सहित उनीको पेशागत सुरक्षाका लागि केही सामग्री हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य डम्बरबहादुर बिष्टले जानकारी दिए ।

मालारानी गुफाको संरक्षण गरिनेसुर्खेको गुर्भाकोट नगरपालिका–२ मालारानीमा रहेको मालारानी गुफालाई संरक्षण गरिने भएको छ । गुफालाई पर्यटन र रोजगारसँग जोडेर संरक्षणको योजना बनाइने भएको हो । मालारानी गुफा पर्यटकीय हिसावले उपयुक्त क्षेत्र भएको र गुफा सुन्दरता र प्राकृतिक हिसाबले बिश्वकै अद्धितिय भएकोले प्रदेश सरकारतर्फबाट एउटा बिशेष मास्टरप्लान तयार गरेर मालारानी गुफाका लागि बिषेश योजना बनाउने सरकार उद्योग, पर्यटन, बन तथा वाताबरणमन्त्री बुढाले बताए । कर्णाली प्रदेशराजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि कुनै पनि कसर बाँकी नराखिने कर्णाली प्रदेशसभा सदस्य बिष्टले जानकारी दिए ।