सुर्खेत । २०२९ सालमा स्थापना भएको सुर्खेत कारागारमा जिर्ण अवस्थामा रहेको छ । ५० जना कैदीबन्दीको क्षमता रहेको सुर्खेत कारागारमा हाल दुईसय ७८ जना कैदीबन्दी छन् ।
कारागारको भवन पुरानो र जीर्ण भएपछि लामो समयदेखि कैदीबन्दीहरुले वर्षौंदेखि कारागार परिसरभित्रै त्रिपाल टाँगेर बस्न बाध्य रहेका छन् ।
कारागारको राष्ट्रिय मानव अधिकार आयोग अनुगमन
राष्ट्रिय राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गरको हो । कोरोना महामारीपछि कैदीबन्दीहरुको अवस्था बुझ्ने उद्देश्यले अनुगमन गरिएको हो ।
आयोगका आयुक्त सुदिप पाठकले टोलीले सुर्खेत कारागारको अनुमगन गरेको हो । जनाए ।
आयुक्त पाठकको टोलीले कारागारमा कोरोना महामारीका बेला आवश्यक सतर्कता अपनाइएको, कैदीबन्दीलाई कोरोनाबाट बचाउन सुरक्षा सावधानीका सबै उपायहरु अपनाइएको बिषयमा अनुगमन गरेको छ ।
कारागारले नयाँ आउने कैदीबन्दीलाई १४ दिन क्वारेन्टिाइनमा राख्ने गरेको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जनाइन् ।
कालिकोटमा क्षमताभन्दा बढी कैदीबन्दी
कालिकोटको ‘घ’ श्रेणीको कारागारमा क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदी बन्दी छन् । कारागारमा २५ जनाको क्षमता भए पनि ७० जना कैदी र थुनुवा छन् । अहिले कारागागरमा ४७ कैदी र २३ जना थुनुवा गरी ७० जना रहेकोमा ४ जना महिला रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले बस्न समस्या भएको गुनासो छ ।