सुर्खेत, १४ असोज । कर्णालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।
सुर्खेतका २४ जना, सल्यान २२ जना, कालिकोटका ५ जना, जुम्लाका २ जना, दैलेखका २ जना, मुगु १ जना र अन्य प्रदेशका १ जना गरि ५७ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत रामप्रसाद सारुले बताए ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३५५१ पुगेको छ ।
बुधबार कर्णालीका बिभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३४ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको अधिकृत सारुले जानकारी दिए । ‘कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २९३९ पुगेको छ ।’ उनले भने,‘हाल संक्रिय संक्रमितको संख्या ५२९ रहेको छ ।’