सुर्खेत । सुर्खेत महिला जेसीजले आफ्नो बार्षिक कार्यक्रम तालिकाअनुसार यही असोज १६ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।
सुर्खेत महिला जेसीज बर्ष २०२० ले आज पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो ।

बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले असोज १६ गते उद्घाटन तथा बाढीपिडितहरुका लागि स्वास्थ्य सामाग्री वितरण, १७ गते वक्तृत्वकला प्रतियोगिता, १९ गते उद्घोषणकला तालिम, २१ गते मानव सेवा आश्रममा दन्तशिविर, २३ गते महिलाहरुका लागि प्याड बनाउने तालिम र २४ गते नारी सम्मान तथा समापन रहेको जानकारी दिइन् ।

अहिले संसार नै कोरोना भाइरस कोभिड १९ को महामारी फैलिरहेकोले सामाजिक दुरी कायम गर्दै हामी कार्यक्रम आयोजना गरिने शाक्यले जानकारी दिइन् ।