सुर्खेत । गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संग्लन ८ जनालाई उच्च अदालत सुर्खेतले छाड्न आदेश गरेको छ । घटनामा संग्लन उच्चले रुकुमपश्चिम अदालतको आदेशमा थुनामा रहेका ३६–४० र ३६–३९, लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुनलाई छोड्न आदेश समेत दिएको हो ।
आइतबार राती ११ बजे उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीस कुमाल चुडालको एकल इजालासले गरेको फैसलामा आठ जनालाई छोड्ने आदेश दिएको छ ।
रुकुम जिल्ला अदालतले असार ८ गते गरेको बेरितको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा घटनामा संग्लन परिवारका सदस्यहरुले रिट दायर गरेका थिए ।
उच्च अदालत सुर्खेतले असार ८ गते रुकुमपश्चिम जिल्ला अदालतले गरेको आठ जनाको बेरितको आदेश बदर गरेको उच्च अदालत सुर्खेतले जनाएको छ ।
असोज ८ गतेदेखि शुरु भएको बहसपछि अदालत सुर्खेतले आईतबार राती ११ बजे मात्र फैसलामा पछिल्लो पटक प्रहरी अनुसन्धानका लागि लिएका ६ जना र दुई जना किटानी जोहीवालालाई तारिखमा समेत नरहने गरी उच्च अदालत सुर्खेतले फैसला गरेको अदालतले जनाएको छ ।
रुकुमपश्चिमको सोतीमा घटनामा संलग्नता भएको अभियोगमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भावलगायतको अभियोगमा रुकुमपश्चिम अदालतमा मुद्दा दायर गरिएको थियो । प्रतिवादी बनाइएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एक जनालाई मतियारको रुपमा मुद्दा दर्ता भएको थियो ।
आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले असार १० गते पूर्वपक्षको थुनामा पठाएको थियो ।
सोती घटनामा संलग्न २९ जना पक्राउ गरेकोमा अदालतले दुई जनालाई सुधार गृहमा पठाउन आदेश दिएको थियो । यस्तै तीन जनालाई तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।