सुर्खेत । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–६ मुरुका एक कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
आन्द्राको क्यान्सरबाट पीडित महिलामा असोज २० गते भरतपुर क्यान्सर अस्पातालबाट उपचार गराएर आएर घरमा बसेकी महिलाको कार्तिक ३ गते पिसिआर बिधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । ‘आन्द्राको क्यान्सर पीडित हुनु हुँदोरहेछ । चितवनको भरतपुरमा उपचार गरेर आएर घरमै बस्नु भएको थियो ।’ उनले भने,‘वहाँको आज बिहान मृत्यु भएको छ । कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।’
महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाको नरसिंह दल गण सल्लेले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १५ पुगेको छ ।