सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भरुवा बन्दुकसहित एक जना पक्राउ गरेको छ । बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ बर्षीया वीरबहादुर रावललाई १ थान भरुवा बन्दुकसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले रावलले गोठमा लुकाई राखेको बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै, बराहताल गाउँपालिका–६ गोठी बस्ने ओमबहादुर राजी र भास्कर थापाको गोठ तथा खेतपाखामा लुकाई राखेको ३ सय २७ थान चिरान सालको कडीसमेत प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि सब–डिभिजन वन कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।