तीन दिनदेखि वेपत्ता व्यक्तिकाे साेमबार शव भेटियाे
पुष २० गते, २०७७ १९:१९ मा प्रकाशित
सुर्खेत । तीन दिनदेखि बेपत्ता रहेका रुकुम पश्चिमका एक व्यक्तिको सोमबार शव भेटिएको छ। त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरि बहादुर खड्काको मुसिकोट नगरपालिका–१४ स्थित हिलहाल्ने भिरबाट लडेर मृत्यु भएको हो ।
उनी पुस १८ गतेदेखि बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भिरबाट करिब ३०० मिटर तल खसेका थिए।
Post Views: 1,396
प्रतिक्रिया दिनुहोस्