सुर्खेत । तीन दिनदेखि बेपत्ता रहेका रुकुम पश्चिमका एक व्यक्तिको सोमबार शव भेटिएको छ।  त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरि बहादुर खड्काको मुसिकोट नगरपालिका–१४ स्थित हिलहाल्ने भिरबाट लडेर मृत्यु भएको हो ।

उनी पुस १८ गतेदेखि बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भिरबाट करिब ३०० मिटर तल खसेका थिए।