काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई कमानसिंह लामासँग आर्थिक कारोबारमा जोडेर गरेको प्रचारप्रति आपत्ति जनाएका छन् ।

उनले प्रवक्ता श्रेष्ठनको नाम कमानसिंह लामा र हाइड्रोपावरको शेयर विवादमा अनावश्यक रुपमा जोडेको बताएका हुन् ।

बैठकमा उनले हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मध्यस्थताको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अनावश्यक प्रचार नगर्न र त्यसको भ्रममा नलाग्न समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी समिति बैठकले केन्द्रीय सदस्य तथा कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।