प्रतितोला नौ सय रुपैयाँ घट्याे सुनको भाउ
साउन १२ गते, २०८० ११:०१ मा प्रकाशित
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य यस दिन प्रतितोला नौ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी शुक्रबार प्रतितोला १६ सय रुपैयाँमा किनबेच भइरहेको छ।
Post Views: 143
प्रतिक्रिया दिनुहोस्