सरकारले यसअघिको ऋण तालिका संशोधन गरेर पहिलो त्रैमासमै ठूलो मात्रामा आन्तरिक ऋण उठाउन लागेको छ । यसअघि पहिलो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । तर, त्यसमा परिमार्जन गर्दै यो त्रैमासमै ८० अर्ब आन्तरिक ऋण उठाउने तयारी सरकारले गरेको छ ।


त्यसमध्ये नेपाल राष्ट्र बैंकले ६४ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । ‘यो वर्ष पनि राजस्वमा दबाब नै छ, त्यसो हुँदा बजेटको लक्ष्यअनुरुपको आन्तरिक ऋण उठाउनै पर्छ । त्यसैले अहिले बजारमा तरलता सहज तथा ब्याजदर कम भएको बेलामा ऋण उठाएर लागत कम गर्न लागिएको हो,’ अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।