काठमाडौं । पूर्वराजारानीले विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

ज्ञानेन्द्र शाह र कोमल शाहले कात्तिक ७ गते वडादशैंका दिन निर्मल निवासमा अपरान्ह ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको संवाद सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अघिल्ला वर्षहरुमा पनि शाहले सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।