असार १८, सल्यान

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ देउलीमा बाबुआमाको मृत्यु पश्चात् ३ वालवालिका विचल्लीमा परेका छन्। २ वर्षिया सुस्मिता बुढा, ४ वर्षिया छोरा भूपेन्द्र बुढा, र ९ वर्षिया रेशम बुढा वृद्ध हजुरआमाको सहारामा छन्। उनीहरूको लागि भारत पुगेका नेपाली सल्यानि दाजुभाइले केही रकम उठाएर नेपाल पठाएका छन्।

मनोज बुढाले श्रीमती कमला बुढाको धारिलो हतियार प्रयोग गरी हत्या गरे लगत्तै घरकै दलिनमा झुन्डिएर आत्महत्या गरेको करिब दुई महिना बितिसकेको छ। दुबै बाबु-आमाको मृत्यु पश्चात् तीन वालवालिका विचल्लीमा परेका थिए। प्रदेशमा रहेका सल्यानि दाजुभाइ मिलेर आर्थिक सहयोग जुटाएका छन्।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ निवासी कृष्णराज शर्माका अनुसार, उक्त सहयोग कुमाख गाउँपालिका, छिमेकी जिल्ला जाजरकोट, र हाल गुजरातमा बस्ने नेपालीहरूले पनि पुर्याएका छन्।

उक्त रकम वडा अध्यक्ष पुष्कर बिसिको रोहवरमा पत्रकार दुर्गा बिसिले घरमै पुगेर ति वालवालिकालाई हस्तान्तरण गरेका छन्। विभिन्न व्यक्तिहरूबाट उठेको ४९ हजार ५६० रुपैयाँ घरमै पुगि लालन पालनमा टेवा पुगोस भनेर त्यहाँ रहेका नेपालीहरूले पठाएका हुन्।