सुर्खेत । जाजरकोट जिल्लालाई पछिल्लो चरनमा हेर्ने हो भने जोखिममा रहेको जिल्ला पनि भन्ने गरिन्छ ।गत कार्तिक १७ पछी सरकारले दिएको राहत स्वरुप अस्थायी आवास निर्माण को ५०,००० पँचास हजार रुपैया बापतको दोस्रो किस्ता नपाँउदा भुकम्प पिडितलाई द्दनै ऋण मा ऋण थपिएको स्थानिय बताउछन । जाजरकोट नलगाड ७ का स्थानिय हरी बहादुर शाही बताउछन, १७ गते भुकम्प गयो, त्यसपछी हामि स्थानियले लगतै नाना,खाना,त पायौ तर छाना भने पाउन सकिएको छैन, । सरकारको भर नपरेको भए हामिले घर पनि बनाई सक्थ्यौ अहिले न घर न घाटको भएको बताए ।

अहिले फेरि जाजरकोट लाई फर्केर हेर्दा दिनँहु घटना नघट्लान भन्न सकिदैन । भुकम्पले थथल्कीएको जमिन, काल कुरेर द्दराद्दरा भई चर्कीएका ति घर, कतिखेर के घटना हुन सक्छ भन्दै बाध्यात्मक परीस्थीतिमा बस्नु परेको स्थानिय बताउछन ।

सरकारले भुकम्प लगतै अस्थायी आवास निर्माण सम्पन्न गराउन सबै पिडितलाई तत्काल जोड दिएको थियो । सरकारको मापदण्ड अनुसार ५० हजार को अस्थायी आवास निर्माण गर्नुपर्ने हो । र स्थानिय बासि सबैले अस्थायी आवास ऋण सापट गरी निर्माण गरे तर निर्माण गरेको ५ देखी ६ महिना बितिसक्यो तर पनि पिडितले पैसा पाएका भने छैनन् ।

जाजरकोटमा हालको अबस्था कस्तो छ ?

जाजरकोटमा हालको अबस्था निकै जिर्न अबस्थामा देखिएको छ । लगातार बर्षाका कारण बाटो अबरुद्ध हुने, पहिरो खस्ने, बिध्यार्थी लाई स्कुल लिन ल्याउन समस्या, देखिएको स्थानिय बताउछन ।

स्थानिय बासि नलगाड ३ का हेमराज पुन बताउछन, अहिले गाँउगाउँमा बाटो लिने जँहा भिरालो जमिन हुन्छ घर मुनी र घर सगै जोडेर बाटो लिने, केहि फाईदाको लागी अहिले त्यस्तो खालको ठाउँमा पहिरो खस्ने र बाडिको जोखिम देखिएका छन । साथै स्थानिय सरकारले अनाबस्यक ठाँउमा जहापनी बाटो नलिन र लिनै परे स्थानियलाई जोखिममा नमोलेर, जनतालाई जोखिममा नपार्न अनुरोध गरेका छन ।

नगरपालिका के भन्छ ?

बारेकोट गाउँपालिका अधिकृत लोक राज खत्री बताँउछन, पहिलो किस्ता पाउने पाँच हजार एक सय बाह्र जना थिए भने दोस्रो किस्ता पाउने पनि त्यतिकै रहेका छन । साथै बिभिन्न सँघ सस्थाले लगभग दुई सय बढि आवास बनाएको छ उनिहरुलाई राज्यको ५०,००० रुपैया नदिने निर्णय भएको बताए ।

साथै बारेकोट गाउँपालिकामा नेटवर्क, बत्तीको समस्या हुदाँ र लाईन नहुँदा सोलार बाट डकुमेन्ट स्क्यान गर्नुपर्ने बाध्यताले गर्दा डाटा इन्ट्रीमा ढिलो भएको बताए । अबको दुई दिन भित्र सबै काम सकिने भएको छ र सो काममा वडाका सचिवलाई डाटा ईन्ट्रीमा खटाएको बताए ।

भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ती बताउछन् भुकम्प पछि पनि राम्रै काम भएको छ । हामिले दोस्रो किस्तामा खासै चासो दिएका छैनौ तर अस्थायी घरका लागी पहल भने तिब्र गतिमा गरेको छौ । भुकम्पको पहिलो किस्ता जतिले पाए दोस्रो किस्ता भने सबैले पाउने छैनन् । किन भन्दा अहिले प्राबिधिकले सबै ठाँउमा अनुगमन गरेका छन् र अनुगमन पश्चात दोस्रो किस्ता पाउने घटेका छन् । र पुन निर्माणमा सँघिय सरकारले सँघिय बजेटमा २१ अर्ब बोलेको छ तर सो बजेट स्थानिय तहमा स्थान्तरण भएको छैन ।

नलगाड नगरपालिका प्रशासन सहायक सिर्जना कुमारि बडुवाल बताउछिन् जिल्ला ब्यबस्थापन कार्यालयले नगरपालिकामा रकम स्थान्तरण गरेको भने छैन् । र रकम पाउने लापग्राहि धेरै जसोले बैँक खाता अद्दैसम्म नखोलेको हुँदा डाटा इन्ट्री हुन सकेको छैन । अहिले सम्म जम्मा वडा ३ र ७ को मात्र डाटा इन्ट्री भएको छ, भने अरु वडा को बाँकि छन र दोस्रो किस्ता पाउन अद्दै ३ हप्ता बढि लाग्ने सम्भाबना देखिएको बताईन ।