सुर्खेत । पछिल्लो समय नेपालमा माया प्रेमका गीतहरुले राम्रो सफलता हासिल गरिराको छन् ।रासकोटीले सुर्खेतको विभिन्न स्थानमा छायांकन गरेका छन् । बिगत एक दसक देखि यस क्षेत्रमा काम गर्दै आएका रासकोटी मनोरंजन तथा समाजका घटनालाई समेटी भिडियो बनाउदै आएका छन् । भिडियो र संगीत क्षेत्रमा लामो आनुभव भएका मगरले धेरै उत्कृष्ट भिडियोहरु निर्देशन गरेका छन् । उनि निर्देशन मात्र नभएर सम्पादन, रंग सम्पादनमा र संगीत संयोजनमा पनि अब्बल छन् । रासकोटी सुर्खेती माटोले जन्माएका एक अब्बल निर्देशक, सम्पादक र रंग सम्पादक हुन् ।

अर्जुन र चन्द्रनको स्वरमा रहेको यो गीतमा रेशम नेपकिङ्ग र निशु श्रीपाइलीको अभिनय रहेको छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । जसमा निरज रासकोटीको शब्द, संगीत, संगीत निर्माण, रेकर्डिङ/मिक्सिङ ,मिक्स/मास्टर, कोरियोग्राफर, गोपाल रुचालको छायांकन र निरज रासकोटीको सम्पादन छ ।उक्त संगीत र भिडियो सुर्खेतमै उत्पादन भएको हो ।

रेशम नेपकिङ्ग सुर्खेतको माटोले जन्माएको एक चर्चित र मेहेनती कलाकार हुन् । उनले ५० भन्दा बडी मिउजिक भिडियोमा अभिनय र छोटो चलचित्रमा अभिनय गरिसकेका छन् । नेपकिङ्ग आफ्नो अब्बल कलाकारीता र मेहेनतले नेपाल सामु सुर्खेतलाई चिनाउन सफल भएका छन् । उनि मौलिक गण्डकी स्टार म्यूजिक अवार्ड २०८० को उत्कृष्ट मोडलबाट सम्मानित पनि भएको थिए ।