भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका-१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले यो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाँउमा सारिएको हो । कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी-१ च्याउपानीका पहिरोको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई खुल्ला ठाँउमा सारेको जानकारी दिए । यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी-रारा राजमार्ग अन्तर्गत जाजरकोटको भेरी-२ का विभिन्न ठाँउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

वडा अध्यक्षका अनुसार,

गत १७ गतेको भूकम्पले चौर, मैदे, र च्याउपानी टोलमा जमिन धाँजा फाटेको र बस्ती अत्यधिक जोखिममा रहेको थियो। भूविज्ञान महाशाखाको अध्ययनले पनि त्यहाँको बस्ती अत्याधिक जोखिममा रहेको देखाएकोले वडामा नबस्ने भनी निवेदन पेस गरिएको थियो। च्याउपानी बस्तीमा जम्मा ११ घर रहेकोमा अहिले ८ घर स्थानान्तरण भइसकेका छन् र आज ती बाँकी ३ घरलाई पनि स्थानान्तरण गरिने योजना रहेको छ। नेपाल रेडक्रस सोसाइटीले सोमबार ५ घरका लागि २(२ वटा त्रिपाल उपलब्ध गराएको थियो र आज सबै जनालाई स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।