सुर्खेत। रुकुम पूर्वमा पहिरोमा परी एकजना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन।सिस्ने गाउँपालिका २ दल्लुगैरामा गएराति अन्दाजी ४ बजे गोठमा सुतिरहेका बेला वडा नं १ का ११ वर्षीया सरगम बुढाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईका अनुसार, बालकका बुबा ४० बर्षीया कर्णबहादुर बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अबस्था गम्भीर रहेको छ। मृतक बालकको वुधवार दाहासस्कार गरिएको वडा नं १ का वडा अध्यक्ष रज बहादुर बुढा क्षेत्रीले जानकारी दिए ।

अध्यक्षका अनुसार, उनिहरु गाईभैँसी लिएर २ नं वडामा गएका थिए एक्कासी पहिरो खस्दा पहिरो सगै ढुंगाले बालकको टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यू भएको हो । र सिस्ने गाउँपालिकाले केहि राहत उपलव्ध गराउने योजना रहेको बताए ।