एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्।आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ। नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गर्दैछ।